कोरोना भाइरस संक्रमणका लागि आवश्यक पर्ने सामाग्री लिन वायुसेवा निगमको जहाज चीन जाने भएको छ।
कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री लिन निगमको वाईडबडी जहाज शनिबार चीन पठाउन लागिएको हो।
‘नेपाल एयरलाइन्सको जहाज पर्सि चीन जाने कुरा भएको छ,’ नेपाल वायुसेवा निगमका अध्यक्ष केदारबहादुर अधिकारीले नेपालखबरसँग भने ‘कुन जहाज लैजाने भनेर निर्णय भएको पत्र हामीलाई आएको छैन तर ठुलो जहाज (वाइडबडी) नै लैजाने कुरा भएको छ।’
नेपालमा कोरोनाको उपचारका लागि आवश्यक पर्ने किट तथा डाक्टरहरुले लगाउने सुरक्षा कवजको अभाव रहेको छ। ति सामाग्री सरकारको खर्चबाट नै ल्याइने बताइएको छ।
प्रतिक्रिया