ad ad

कारोबार


यातायात व्यवसायीले भनेः बसमा प्रयोग गर्ने स्यानिटाइजर स्प्रे र मास्क देऊ

यातायात व्यवसायीले भनेः बसमा प्रयोग गर्ने स्यानिटाइजर स्प्रे र मास्क देऊ

नेपालखबर
चैत ६, २०७६ बिहिबार ११:१८,

यातायात व्यवसायीले बसमा प्रयोग गर्नको लागि स्यानिटाइजर स्प्रे बजारमा उपलब्ध नभएको बताएका छन्। सरकारले कोरोना संक्रमण रोक्न स्प्रे प्रयोग गरेर मात्रै सार्वजनिक यातायात चलाउन भने पनि उक्त स्प्रे अभाव भएको व्यवसायीहरुको दाबी छ।

‘सरकारले सहज ढंगले मास्क तथा स्प्रेको व्यवस्था गर्नुपर्यो’, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले नेपालखबरसँग भने, ‘हामीलाई कालाबजारी नभई सहज किन्ने वातावरण बनाइदिनुपर्यो।’

उनले गाडी सरसफाइ अभियानमा लागिरहेको भन्दै चालकलाई पनि डाक्टरलाई जस्तो सुरक्षित सामग्री दिनुपर्ने बताएका छन्।

सिटौलाले विद्यालय तथा क्याम्पसको विदा भएपछि बाहिर जाने यात्रुको चाप बढी भएको जानकारी दिए।

sajha spray 4

त्यस्तै सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले आफूहरुले स्यानिटजरको प्रयोग गरिरहेको भन्दै अरु यातायातले पनि यसमा ख्याल गर्नुपर्ने बताउँछन्।

‘हामीले मात्रै गरेर त कोरोना संक्रमण रोकिँदैन, सबै सार्वजनिक यातायातले गरे मात्रै यसबाट बच्न सकिन्छ’, उनले नेपालखबरसँग भने।

साझा यातायातले पनि आफ्ना बसमा स्यानिटाइजर स्प्रे गरेर गाडी चलाइरहेको छ।

बुधबार कोरोना संक्रमण नियन्त्रणको लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले ‘सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई निर्मलीकरण गर्न लगाउने’ निर्णय गरेको हो।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार रोक्ने निर्णय गरेको छ। यातायातको अवस्थाबारे नियमन नेपाल प्रहरीले गर्ने निर्णय गरिएको छ।

सरकारले सर्वसाधारणलाई समेत भीडभाड गरी यात्रा नगर्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .