सिभिल बैंक लिमिटेड र विवेक अटोमोबाइल्सबीच व्यावसायिक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा विवेक अटोमोबाइल्सका तर्फबाट अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापत्रअनुसार विवेक अटोमोबाइल्सबाट पियाजियो ब्राण्डका तीनपाङ्ग्रे सवारी खरिद गर्न महिला ग्राहकहरुलाई विवेक अटोमोबाइल्सको सिफारिसमा सिभिल बैंक लिमिटेडले ७० प्रतिशतसम्म ४ वर्षे कर्जा सुविधा प्रदान गर्नेछ।
सो कर्जा नेपाल राष्ट्र बैंकद्वारा जारी ६ प्रतिशत ब्याज अनुदान कार्यक्रमअन्तर्गत महिलाहरुद्वारा सञ्चालित व्यावसायिक फर्महरुलाई प्रदान गरिनेछ। सो अनुदानपछि वार्षिक ब्याजदर ६.९८ प्रतिशतमा सो कर्जा सुविधा प्रदान गरिनेछ।
हालसम्म बैंकका ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करिब ५४ अर्बभन्दा बढी निक्षेप परिचालन गरी करिब ५२ अर्ब कर्जा लगानी गरेको छ। सिभिल बैंकको ११२ वटै शाखाहरुमार्पmत यो कर्जा सुविधा प्रदान गरिने पनि बैंकले जनाएको छ ।
Shares
प्रतिक्रिया