ad ad

कारोबार


एप्पलका अधिकांश स्टोरहरु दुई हप्ताका लागि बन्द

एप्पलका अधिकांश स्टोरहरु दुई हप्ताका लागि बन्द

नेपालखबर
चैत २, २०७६ आइतबार ७:२३,

प्रविधि कम्पनी एप्पलले चीनबाहिरका आफ्ना सबै स्टोरहरु दुई हप्ताका लागि बन्द गर्ने घोषणा गरेको छ। कम्पनीले कोरोना भाइरसको महामारीका कारण संक्रमण रोक्ने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ।

यद्यपि अनलाइनमार्फत भने किनबेच हुनेछ। कम्पनीका सीईओ टिम कुकले शनिबार ट्विटरमार्फत उक्त जानकारी दिएका हुन्। उनले कोभिड–१९ को संक्रमण रोक्न कम्पनीले आफ्नो तर्फबाट पहल गरेको जनाएका छन्।

ट्विटमा उनले मार्च २७ सम्मको लागि चीनबाहिर रहेका कम्पनीका स्टोरहरु बन्द हुने बताएका छन्। साथै १५ मिलियन अर्थात् १ करोड ५० लाख अमेरिकी डलर कम्पनीले सहयोग गर्ने पनि उनले बताएका छन्। चीनमा भने एप्पलका सबै स्टोरहरु पुनः सञ्चालनमा आएको कुकले बताएका छन्। स्टोर बन्द भए पनि कामदारले भने तलब पाउनेछन्।

आईफोन निर्माता एप्पलका विश्वभर ५ सय खुद्रा बिक्री स्टोरहरु छन्। त्यसमध्ये करिब आधा अमेरिकामा छन्। कम्पनीले चीनमा ४२ स्टोरहरु बन्द गरेको थियो।

कम्पनीले दोस्रो त्रैमासिकमा लक्ष्यअनुरुप वित्तीय अवस्था पार नहुने बताइसकेको छ।

भाइरस संक्रमण फैलिँदै जाँदा चीनमा आईफोनको उत्पादन र माग दुवै घटेको कारण कम्पनीले यस्तो अनुमान गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .