मौसम परिवर्तन भएसँगै नेपालमा डेंगु रोगका बिरामीहरु धमाधम देखापरेका छन्।
विभिन्न अस्पतालहरुबाट सन् २०२० (जनवरी देखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी नेपालमा फेला परेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार प्रदेश ५ मा सबैभन्दा बढी १४ जनामा यो रोग देखिएको छ। यस प्रदेशका नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ जना बिरामी देखा परेको महाशाखाले जनाएको छ।
यस्तै प्रदेश १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा २ जना बिरामी भेट्टिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।
गर्मी बढेसँगै यो रो फैलिनसक्ने भन्दै महाशाखाले सबैलाई सर्तक रहन आग्रह गरेको छ। विश्वभर कोरोना भाइरसको पप्रकोप बढीरहेको बेला नेपालमा भने डेंगु रोगीको संख्या बढ्दै गएको हो। डेंगुबाट बच्ने प्रमुख उपाएको भनेको लामखुट्टेको टाकाइँबाट बच्नु हो।
Shares
प्रतिक्रिया