ad ad

कारोबार


विनोद चौधरीले दिल्लीमा ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने, प्रधानमन्त्री मोदीसँग भेट तय

विनोद चौधरीले दिल्लीमा ग्लोबल विजनेश समिटलाई सम्बोधन गर्ने, प्रधानमन्त्री मोदीसँग भेट तय

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ६:३१,

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले शुक्रबार टाइम्स अफ इण्डियाद्वारा आयोजित ‘ग्लोबल विजनेश समिट’ लाई सम्बोधन गर्ने भएका छन्। विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिबार नयाँ दिल्लीमा आयोजना हुँदैछ।

समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ। टाइम्स अफ इण्डियाका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सात जना वरिष्ठ मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

भारतका रक्षा मन्त्री राजनाथ सिंह, वित्त मन्त्री निर्मला सितारमण, विदेश मन्त्री एस जयशंकर, बाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाईल मन्त्री स्मृती इरानी, नागरिक उड्ययन मन्त्री हरदीप पुरी र उर्जा मन्त्री आरके सिंहले समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

टाइम्स अफ इण्डियाले आज प्रकाशित गरेको समाचार अनुसार विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा विजनेश, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वहरू ग्लोबल विजनेश समिटका विशेष आकर्षणका रूपमा रहनेछन्।

समिटमा ‘न्यू किङ अफ वाल स्ट्रिट’ का रूपमा परिचित स्टेफेन स्क्वार्जम्यानले दिगो विकास कसरी गर्ने भन्ने विषयमा बोल्नेछन्। महिला सशक्तीकरणको मुद्दालाई सशक्त रूपमा उठाउने अनेक अभियन्तामध्ये शेर्ल ब्लेयरको नाम विशेष छ। उनी पनि यस समिटको विशेष आकर्षण हुनेछिन्। पूर्वीय दर्शनको अभिन्न अंग ध्यानलाई नयाँ प्रविधिसँग जोडेर स्वस्थ समाज निर्माणमा लागिपरेका ‘हेडस्पेस’ का सह–संस्थापक एन्डी पुडिकम्बले स्थिर र शान्त रहन सिकाउने कार्यक्रम छ।

आउन लागेको अस्थिर दशकको व्यापार व्यवसायबारे बोल्न भारतका शीर्ष सीईओहरू अजय पिरामल, सुनिता रेड्डी र सुनील मञ्जलसँगै रोनी स्क्रुवाला, बोस्टन कन्सल्टिङ ग्रुपका एसिया–प्यासिफिक प्रमुख नीरज अग्रवाल र नेपालका एकमात्र अर्बपति विनोद चौधरी रहने टाइम्स अफ इण्डियाले जनाएको छ।

अध्यक्ष चौधरीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले जनाएको छ। भारतीय प्रधानमन्त्री मोदीसँग गुजरातका मुख्यमन्त्री हुँदादेखि नै अध्यक्ष चौधरीको निकट सम्बन्ध रहँदै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .