ad ad

कारोबार


२२ कारोबार दिनमा कित्तामै २ हजार रुपैयाँसम्मले बढ्यो सेयर, कुनको कति?

२२ कारोबार दिनमा कित्तामै २ हजार रुपैयाँसम्मले बढ्यो सेयर, कुनको कति?

सम्झना घिमिरे
भदौ ४, २०८१ मंगलबार १८:४५, काठमाडौँ

धितोपत्रको दोस्रो बजार लगानीकर्ताका लागि साउनभर सुखद रह्यो। तीन वर्षपछि नेप्से सूचक पुनः ३ हजार विन्दुमा पुग्यो।

लगातार मूल्य घटेर लगानी समेत गुमाउन पुगेका लगानीकर्ताले यो एक महिनामै प्रशस्तै मुनाफा निकाल्न सफल भए। सेयरबजारमा कारोबारमा रहेका ८० प्रतिशत कम्पनीहरुको मूल्यमा २ हजारमाथिको वृद्धि देखियो। 

२२ कारोबार दिनमा ४ पटकसम्म कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा १ सयभन्दा बढी कम्पनीहरुको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो। 

सर्किट लाग्ने कम्पनी मात्र नभई मूल्यगत आधारमा २२ दिनमा कित्तामै १ सयभन्दा बढी रुपैयाँको वृद्धि देखिएका १६४ वटा कम्पनीको विश्लेषण गर्दा अधिकतम २ हजार रुपैयाँसम्मको वृद्धि भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचीकृत १९ वाणिज्य बैंकहरुमा ९ बैंकको कित्तामै १ सयदेखि १५३ रुपैयाँसम्म मूल्य बढेको छ।

यता विकास बैंकहरुको पनि २७६ रुपैयाँसम्मको वृद्धि देखिएको छ। यो अवधिमा १४ फाइनान्स, ५ होटल, ५६ जलविद्युत् कम्पनी, ६ लगानी समूहका कम्पनी, १२ जीवन बिमा कम्पनी र ८ उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुका लगानीकर्ताले उच्च नाफा निकालेका छन्। 

तुलनात्मक आधारमा यो महिना अन्य कम्पनीभन्दा लघुवित्तका लगानीकर्ताका लागि विशेष हुनपुगेको छ। 

२३ लघुवित्तको कित्तामै ८ सय रुपैयाँभन्दा धेरैले मूल्य बढेको छ। यस्तै निर्जीवन बिमातर्फ १२ कम्पनीको मूल्य १ सयभन्दा धेरैले बढ्दा व्यापार समूहका तीनवटा र अन्य समूहका ४ कम्पनीको सेयरमा अधिकतम २ हजारसम्मको वृद्धि देखिएको छ। 

एक महिनामा सबैभन्दा धेरै सेयर बढेका कम्पनी
फाइनान्स
 
यो महिना फाइनान्स समूहका लगानीकर्ताका लागि कुल कारोबारमा आएका २० फाइनान्स कम्पनीमध्ये १४ कम्पनीका लगानीकर्ताले मुनाफा निकाल्न सफल भएका छन्। 

यी कम्पनीहरुको कित्तामै अधिकतम ५२३ रुपैयाँले सेयरमूल्य बढेको हो। जेठ महिनादेखि नै फाइनान्स समूहका कम्पनीहरुको मूल्य बढ्न थालिसकेको थियो। साउन महिनामा झनै बढ्नपुगेको छ।  

यो अवधिमा सबैभन्दा धेरै नेपाल फाइनान्सको मूल्य बढेको छ। २२ दिनमा यो कम्पनीको सेयरमूल्य कित्तामै ११ सय ७६ रुपैयाँले बढेको हो।

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
गुडविल फाइनान्स ६२७ ११५० ५२३
प्रोग्रेसिभ फाइनान्स ४२६ ७८५ ३५९
समृद्धि फाइनान्स ४६० ७४९ २८९
मञ्जुश्री फाइनान्स ६०२.९० ८६० २५७.१०
श्री इन्भेष्टमेन्ट फाइनान्स ४९० ७२२ २३२
सेन्ट्रल फाइनान्स ५३२ ७६३ २३१
गुर्खाज फाइनान्स ७२० ९४२ २२२
आईसीएफसी फाइनान्स ६१९ ८२१ २०२
रिलायन्स फाइनान्स ४५९ ६५८ १९९
बेस्ट फाइनान्स ५०० ६७९ १७९
मल्टिपर्पोज फाइनान्स ५२९.५० ७०४ १७४.५०
गुह्येश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स ५२० ६७२ १५२
नेपाल फाइनान्स ८९४ २०७० ११७६
पोखरा फाइनान्स ५९२ ७०० १०८

लघुवित्त 
कारोबारमा आएका यो समूहका ५० कम्पनीमध्ये यो महिना २३ वटाको मूल्यमा उच्च वृद्धि देखिँदा २७ वटा कम्पनीको मूल्य घटेको छ। 

जेठ महिनाबाटै क्रमशः बढ्न थालेका लघुवित्तका कम्पनीका लगानीकर्ताहरुले साउन महिनामा नाफा बुक गर्ने बढ्दा पनि कारोबारमा आएका ५० वटै कम्पनीको सेयरमूल्य बढ्न सकेन। 

२३ वटा कम्पनीको मूल्यमा उच्चवृद्धि देखिँदा २७ वटा कम्पनीको मूल्य भने घटेको छ। यो अवधिमा सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन्। यो कम्पनीको २२ दिनमा कित्तामै ८ सय ४४ रुपैयाँले मूल्य बढेको हो। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
उपकार लघुवित्त १९८५.३० २८३० ८४४.७०
मातृभूमि १०७० १६८२.५० ६१२.५०
जीवन विकास १४६५ १७७८ ३१३
आत्मनिर्भर २७२५ ३०१६ २९१
नाडेप ८७० ११२५ २५५.१०
महुली १३५१ १५८० २२९
नेष्डो समृद्ध २०९९ २३२४.५० २२५.५०
स्वावलम्बन ९४० ११६५ २२५
युनिक नेपाल २१७६ २३८९ २१३
डिप्रोस्क ८४१ १०५१ २१०
सानाकिसान विकास ८५३.७० १०५५ २०१.३०
फर्स्ट माइक्रोफाइनान्स ६८१ ८८० १९९
मिथिला १३७९.१० १५६८.९० १८९.८०
मेरो माइक्रोफाइनान्स ७०० ८८३.८० १८३.८०
छिमेक ९०० १०७९.१० १७९.१०
फर्वार्ड माइक्रोफाइनान्स १४१३ १५८९ १७६
नेरुडे मिर्मिरे ७२०.२० ८८७.९० १६७.७०
निर्धन उत्थान ७११.९० ८६५ १५३.१०
नेशनल १४०९ १५५६ १४७
एनआईसी एसिया ७०५ ८५०.३० १४५.३०
स्वरोजगार ८५१ ९८५ १३४
आरएसडीसी ६९२ ८२२.९० १३०.९०
महिला २०३५ २१४० १०५

जलविद्युत्
जलविद्युततर्फ साउन महिनाभर ९० वटा कम्पनीको सेयर कारोबार भएको छ। जसमा ५६ वटा कम्पनीको कित्तामा १ सयभन्दा माथिको वृद्धि देखिँदा सिक्लेस हाइड्रो, तेह्रथुम हाइड्रो र मान्डु हाइड्रोको मूल्यमा अधिकतम २८३ रुपैयाँसम्मको गिरावट देखियो। 

२२ कारोबार दिनमा कुथेली बुखारी हाइड्रोको कित्तामै ६६७ रुपैयाँको वृद्धिसहित सर्वाधिक नाफा कमाउनेमा पहिलो बनेको हो।

योबाहेक अन्य ५६ वटा कम्पनीमा कित्तामा सयभन्दा माथिको वृद्धि देखिएको हो। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
कुथेली बुखारी स्मल हाइड्रोपावर १५०९ २१७६ ६६७
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ११५९ १७८० ६२१
मन्दाकिनी  ५६५ ९३० ३६५
सानिमा माई ३३९.५० ६७८.३० ३३८.८०
मिड सोलु ६५७.१० ९९३.४० ३३६.३०
थ्रि स्टार ५९० ८५० २६०
शुभम् पावर ७६५.१० १००८ २४२.९०
सगरमाथा जलविद्युत् कम्पनी ४०६ ६४१ २३५
रुरु जलविद्युत् परियोजना ६६२ ८७१ २०९
भिजन लुम्बिनी ऊर्जा कम्पनी ५२९ ७३८ २०९
चिलिमे ४६५ ६६२.७० १९७.७०
माउन्टेन इनर्जी नेपाल ५९७ ७८६ १८९
अपि पावर कम्पनी १९१ ३७५ १८४
एसियन हाइड्रोपावर ५२० ७०२.४० १८२.१०
बुटवल पावर कम्पनी ३१० ४८६ १७६.२०
राधी विद्युत् कम्पनी २६८.२० ४४२ १७३.८०
साहस ऊर्जा ५१९ ६८१ १६२
ङादी ग्रुप पावर ३४१ ५००.२० १५९.२०
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट १७७.९० ३३४ १५६.१०
इङ्वा हाइड्रोपावर ४५० ६०५.७० १५५.७०
रसुवागढी २९५ ४५० १५५
डोल्टी पावर कम्पनी ४६२ ६१५.१० १५३.१०
हिमालयन हाइड्रोपावर ३७६.८० ५२५.९० १४९.१०
सिंगटी हाइड्रो इनर्जी १७१.५० ३१४ १४२.५०
नेपाल हाइड्रो डेभलपर्स ५३४ ६७५.३० १४१.३०
युनाइटेड आईडीआई मार्दी आरबी ४३० ५६८ १३८
सुपरमाई ८६३ १००० १३७
अरुण काबेली पावर १८५ ३१८ १३३
युनिभर्सल पावर कम्पनी २०६.१० ३३७ १३०.९०
स्वेतगं‌गा हाइड्रोपावर ३६८ ४९७ १२९
विन्ध्यवासिनी हाइड्रोपावर ५८० ७०५ १२५
पिपल्स हाइड्रोपावर कम्पनी ३१९.९० ४४१ १२१.१०
कालिका पावर कम्पनी ४६५ ५८५ १२०
सान्जेन जलविद्युत् २८३.७० ४०३ ११९.३०
युनाइटेड मोदी २५६ ३७५ ११९
सिनर्जी पावर डेभलपमेन्ट २५४.९० ३७३ ११८.१०
मकर जितुमाया सुरी ४५४.३० ५७२ ११७.७०
सयपत्री ५९९.९० ७१७ ११७.१०
हिमाल दोलखा १४९ २६५.१० ११६.१०
नेशनल हाइड्रोपावर  १६२.९० २७९ ११६.१०
बरुण हाइड्रोपावर २९६ ४१२ ११६
हिमालयन पावर पार्टनर ३०६ ४२० ११४
रावा इनर्जी डेभलपमेन्ट ५८७ ७०१ ११४
माउन्टेन हाइड्रो नेपाल २४९ ३६० १११
रिडी पावर कम्पनी १९०.५० ३०० १०९.५०
अपर तामाकोशी १७६.७० २८६ १०९.३०
वाराही हाइड्रोपावर पब्लिक ६४८ ७५६.१० १०८.१०
मध्यभोटेकोशी जलविद्युत् ३०७.५० ४१५ १०७.५०
छ्याङ्दी  ३१४ ४२१.४० १०७.४०
मोदी इनर्जी २३३.९० ३४१ १०७.१०
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन ३५२.५० ४५८.९० १०६.४०
पिपल्स पावर लि ४५५ ५६०.१० १०५.१०
मेन्छियाम हाइड्रोपावर ४४९ ५५४ १०५
घलेम्दी हाइड्रो १६६.७० २७० १०३.३०
ग्रिनलाइफ हाइड्रोपावर २१६.१० ३१९ १०२.९०
लिबर्टी इनर्जी कम्पनी २०१ ३०२ १०१

वाणिज्य बैंक 
नेप्सेमा सूचीकृत भएका १९ वाणिज्य बैंकमध्ये साउनमा ९ वटा बैंकहरुको मात्रै कित्तामा सय रुपैयाँमाथिको वृद्धि देखिएको छ। 

नेपाल राष्ट्र बैंकले बैंकको नाफा खुम्चिएर लाभांश दिन नसक्ने अवस्थामा पुगेको कारण देखाउँदै बैंकलाई फाइदा पुर्‍याउने गरी नीतिगत व्यवस्था गरेपछि त्यसले धितोपत्रको दोस्रोबजारमा सकारात्मक प्रभाव पारेको थियो। 

यसले गर्दा लामो समयसम्म बढ्न नसकेका वाणिज्य बैंकहरुको मूल्य पछिल्लो २२ दिनमै कित्तामै अधिकतम १५३ रुपैयाँसम्मले बढेको हो। 

यो अवधिमा सबैभन्दा धेरै एभरेष्ट बैंकको मूल्य बढेको छ। एक कित्तामै १५३ रुपैयाँले बढ्दा सर्वाधिक नाफा निकाल्नेमा एभरेष्ट बैंकका लगानीकर्ता पहिलो नम्बरमा देखिएका हुन्। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
एभरेस्ट बैंक ५६० ७१३.६० १५३.६०
नबिल ५२४ ६६० १३६
कृषि विकास २९४ ४१९ १२५
नेपाल एसबीआई ३२८ ४४९ १२१
स्ट्यान्डर्ड चार्टर्ड ६०२ ७१४ ११२
प्रभु १६३.७० २७३.१० १०९.४०
लक्ष्मी सनराइज १७५ २७८ १०३
कुमारी १५३.७० २५६ १०२.३०
एनआईसी एसिया ४४३.२० ५४५.१० १०१.९०

विकास बैंक 
क्षमताको हिसाबले वाणिज्य बैंकहरु अगाडि आएपछि धितोपत्र बजारमा विकास बैंकको आर्कषण धेरै छ। पछिल्लो एक महिनामा देखिएको मूल्यगत वृद्धिले वाणिज्य बैंकहरुलाई विकास बैंकले पछि पारेका हुन्। 

विकास बैंकको एक कित्ता सेयरमै अधिकतम २७६ रुपैयाँले वृद्धि देखिएको छ। कर्णाली विकास बैंकको मूल्य यो एक महिनामा एक कित्तामा २७६ रुपैयाँले बढेर ७६० रुपैयाँमा पुगेको हो। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
कर्णाली डेभलपमेन्ट ४८३.९० ७६० २७६.१०
ग्रिन डेभलपमेन्ट ४९१ ६३१ १४०
शांग्रिला डेभलपमेन्ट ३४९ ४८५ १३६
महालक्ष्मी विकास ३५२ ४८०.२० १२८.२०
शाइन रेसुंगा  ४०५.१० ५३२ १२६.९०
मितेरी डेभलपमेन्ट ५४० ६६५ १२५
गरिमा विकास ३८५.१० ५१० १२४.९०
कामना सेवा विकास ४१६ ५४०.१० १२४.१०
लुम्बिनी विकास ४१६.६० ५३५.५० ११८.९०
सिन्धु विकास ४५४ ५७० ११६
एक्सेल डेभलपमेन्ट ४५३ ५६१ १०८
मुक्तिनाथ विकास ३६७ ४६७ १००

होटल तथा पर्यटन 
होटल तथा पर्यटन समूहका सात कम्पनीमध्ये ५ वटाको यो महिना कित्तामा अधिकतम ४९३ रुपैयाँले सेयरमूल्य बढ्न पुग्यो। 

कारोबारमा आएकामध्ये तारागाउँ रिजेन्सी होटलको मूल्य यो अवधिमा कित्तामा ४९३ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा पुगेको छ।

साउन १ गते ८०७ रुपैयाँमा कारोबार भएकोमा महिनाको अन्तिम दिन १ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो।

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
तारागाउँ रिजेन्सी होटल ८०७ १३०० ४९३
चन्द्रागिरि हिल्स ९०८ १२६३ ३५५
ओरिएन्टल होटल्स ७८५ १०९८ ३१३
सिटी होटल ७४४ १०२० २७६
सोल्टी होटल ४४२ ६१३ १७१.४०

जीवन बिमा 
जीवन बिमातर्फ भने साउन महिनाभर कारोबारमा आएका १२ वटै कम्पनीको मूल्यमा उच्च वृद्धि देखिएको छ। 

नेप्सेका अनुसार कारोबारमा आएका १२ मध्ये सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य बढेको हो। यो कम्पनीको २२ कारोबार दिनमा कित्तामा ६२७ रुपैयाँले बढेर २०६५ रुपैयाँँमा सेयर किनबेच भएको हो। 

जीवन बिमा सूमहतर्फ साउन महिनाभर लाइफ इन्स्योेरेन्स कर्पोरेसनका लगानीकर्ताले नै सबैभन्दा धेरै नाफा निकाल्न सफल भए।

यीबाहेकका कम्पनीहरुले पनि यो महिना कित्तामै १ सय रुपैयाँमाथिको नाफा निकाल्न सफल बनेका छन्। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
लाइफ इन्स्योरेन्स कर्पोरेसन १४३८ २०६५ ६२७
नेपाल लाइफ इन्स्योरेन्स ६१९ १०१० ३९१
हिमालयन लाइफ ३९१ ५६४ १७३
एसियन लाइफ ६२३ ७९२ १६९
सन नेपाल लाइफ ५११.३० ६७३ १६१.७०
सूर्योज्योति लाइफ ४२९.९० ५९१.१० १६१.२०
सिटिजन लाइफ ५४४.६० ७०० १५५.४०
नेशनल लाइफ ५९५ ७३० १३५
आईएमई लाइफ ४५३ ५८०.२० १२७.२०
रिलायबल नेपाल लाइफ ४५८ ५७८.१० १२०.१०
सानिमा रिलायन्स लाइफ ४७२.४० ५८१.९० १०९.५०
प्रभु महालक्ष्मी लाइफ ५६४.१० ६६९ १०४.९०

निर्जीवन बिमा 
जीवन बिमाजस्तै यो महिनाभर सबै निर्जीवन बिमा कम्पनीहरुको मूल्यमा उच्चतम वृद्धि देखिएको छ। कारोबारमा आएका १२ वटै कम्पनीहरुले कित्तामै अधिकतम ५ हजारमाथिको नाफा निकाल्न सकेका हुन्। 

राष्ट्रिय बिमा कम्पनीको यो अवधिमा कित्तामा ५ हजार १ सय बढेर १८ हजार ५९० रुपैयाँ पुगेको हो। 

योबाहेक कम्पनीहरुको पनि कित्तामा ३ सय रुपैयाभन्दा बढीले सेयरमूल्य बढेको देखिन्छ। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
राष्ट्रिय बिमा कम्पनी १३४९० १८५९० ५१००
शिखर इन्स्योरेन्स ७२३ १०४० ३१७
एनएलजी इन्स्योरेन्स ७९४.९० ११०९ ३१४.२०
प्रभु इन्स्योरेन्स ८२६ १०६७ २४१
नेपाल इन्स्योरेन्स ८८० ११०४ २२४
नेको इन्स्योरेन्स ८३६ १०१३.२० १७७.२०
सगरमाथा लुम्बिनी ७२७ ८८५ १५८
युनाइटेड अजोड ५९८.५० ७५६ १५७.५०
आईजीआई प्रुडेन्सियल ५५८ ७१० १५२
हिमालयन एभरेस्ट ६३२ ७८० १४८
सानिनमा जीआईसी ५७७ ७२५ १४८
सिद्धार्थ प्रिमियर ८५९.९० ९९१.३० १३१.४०

उत्पादन तथा प्रशोधन 
उत्पादन तथा प्रशोधन समूहतर्फ भने सर्वाधिक महंगो मानिएको सेयर (युनिलिभरको) वृद्धिलाई बोटलर्स नेपाल तराईले जितेको हो। 

साउनभर भएको २२ कारोबार दिनमा युनिलिभरको कित्तामा २६ सय ७३ रुपैयाँको वृद्धि देखिँदा बोटलर्स नेपाल (तराई)को कित्तामै ३ हजार ४३ रुपैयाँले बढेको हो। 

युनिलिभरको प्रतिकित्ता ५० हजार रुपैयाँ र बोटलर्स नेपाल (तराई) को प्रतिकित्ता १६ हजार ४३ रुपैयाँ सेयरमूल्य रहेको छ। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
बोटलर्स नेपाल (तराई) १३००० १६०४३.६० ३०४३.६०
बोटलर्स नेपाल (बालाजु) १५७०५ १८६९१.७० २९८६.७०
युनिलिभर नेपाल ४७३२८ ५०००१ २६७३
शिवम् सिमेन्ट्स ५०२.३० ७२९ २२६.७०
हिमालयन डिस्टिलरी १३८४ १५६२ १७८
सर्वोत्तम सिमेन्ट ८०६.५० ९७० १६३.५०
सोनापुर मिनरल्स ४५६.१० ५७५ ११८.९०
घोराही सिमेन्ट ४९६ ५९७ १०१

अन्य समूह
अन्य समूहतर्फ भने कारोबारमा आएका ७ वटा कम्पनीमध्ये ४ वटा कम्पनीको मूल्यमा सयभन्दा माथिको वृद्धि देखिएको छ। 

जसमा हिमालयन रिको कित्तामै ४०५ रुपैयाँले बढ्दा मुक्तिनाथ कृषि कम्पनी, नेपाल दूरसञ्चार कम्पनी र नेपाल रिइन्स्योरेन्स कम्पनीको मूल्यमा २ सयमाथिको वृद्धि देखिएको हो। 

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
हिमालयन रि इन्स्योरेन्स ५८० ९८५ ४०५
मुक्तिनाथ कृषि कम्पनी १३९० १६८० २९०
नेपाल दूरसञ्चार कम्पनी ८४५ १११३.९० २६८.९०
नेपाल रि इन्स्योरेन्स कम्पनी ६९८ ९३१ २३३

व्यापार 
यो अवधिमा व्यापार समूहका तीन कम्पनीको मूल्यमा उच्च वृद्धि देखिएको छ। 

२२ कारोबार दिनमा नेपाल साल्ट ट्रेडिङको कित्तामै १९९४ रुपैयाँले बढेर मूल्य ६ हजार ८ सय ९९ रुपैयाँ पुगेको छ। 

योबाहेक यो अवधिमा विशाल बजार कम्पनीको कित्तामा ८ सय १३ रुपैयाँ र नेपाल वेयरहाउजिङ कम्पनीको कित्तामा २३१ रुपैयाँले मूल्य बढेको हो।

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
विशाल बजार कम्पनी ४०८७ ४९०० ८१३
नेपाल वेयरहाउजिङ ८९८ ११२९ २३१
साल्ट ट्रेडिङ कर्पोरेसन ४९०५ ६८९९ १९९४

लगानी समूह
लगानी समूहतर्फ भने ६ वटा कम्पनीको मूल्य अधिकतम ५८० रुपैयाँले बढेको छ। सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्ट कम्पनीको मूल्य बढेको हो। 

५० रुपैयाँ मूल्यमै प्राथामिक सेयर निष्काशन गरेको यो कम्पनीको मूल्य पछिल्लो २२ कारोबार दिनमा कित्तामा ५८० रुपैयाँले बढेर १५ सय ९३ रुपैयाँमा पुगेको हो। 

योबाहेक अन्य कम्पनीहरुको मूल्यमा उच्च वृद्धि देखिएका छन्।  

कम्पनी अघिल्लो सेयर मूल्य (रु) पछिल्लो सेयर मूल्य (रु) फरक (रु)
हाथवे इन्भेष्टमेन्ट नेपाल १०१३ १५९३.२० ५८०.२०
सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट १९४५ २५०७ ५६२
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ७४८ ९५० २०२
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी १७९ ३४४ १६५.५०
नेपाल इन्फ्रास्ट्रक्चर बैंक २२८ ३४८.९० १२०.९०
इमर्जिङ नेपाल ११०८ १२२० ११२


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .