ad ad

कला


‘स्त्री २’ को आक्रामक व्यापार, पाँच दिनमा कति कमायो?

‘स्त्री २’ को आक्रामक व्यापार, पाँच दिनमा कति कमायो?

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १३:५७, काठमाडौँ

श्रद्धा कपुर र राजकुमार राव अभिनित बलिउड फिल्म ‘स्त्री २’ बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। गत बिहीबार रिलिज भएको यस फिल्मले भारतभर पाँच दिनमा २ करोड ४२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। 

बिहीबार स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको यस फिल्मले पहिलो दिन ६४.८० करोड भारुको ओपनिङ गरेको थियो। दोस्रो दिन ३५.३० करोड भारु कमाउँदा तेस्रो दिन फिल्मले ४५.७० करोड कमाएको थियो। 

चौथो दिन आइतबार ५७.२० करोडको व्यापार गरेको फिल्मले सोमबार ३८.४० करोड भारु कलेक्सन गर्न सफल भयो। 

जुन कलेक्सनसँगै यो फिल्म घरेलु बक्सअफिसमा यसवर्षको सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। साथै यस फिल्मले टाइगर ३, बाहुबली २ हिन्दी भर्सन र एनिमलको व्यापारलाई पछाडि पारेको छ।

विश्वभर भने यो फिल्म ३०० करोड भारतीय क्लबमा प्रवेश गरिसकेको छ। 

‘स्त्री’को यो दोस्रो श्रृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ।

यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो।

‘स्त्री २’ लाई ‘स्त्री’ बाट निर्देशनमा डेब्यू गरेका अमर कौशिकले निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .