ad ad

कारोबार


सूर्यज्योति लाइफको खुद नाफा १४६ प्रतिशतले बढ्यो, गत वर्ष कमायो ३९ करोड ६५ लाख

सूर्यज्योति लाइफको खुद नाफा १४६ प्रतिशतले बढ्यो, गत वर्ष कमायो ३९ करोड ६५ लाख

नेपालखबर
साउन २८, २०८१ सोमबार १४:१, काठमाडौँ

सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा १४६ प्रतिशतले बढेको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३९ करोड ६५ लाख नाफा कमाएको हो।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा १६ करोड ११ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा १४६.०३ प्रतिशतले बढेको हो। 

कम्पनीको प्रमुख आयस्रोत रहेको बिमा प्रिमियम यो वर्ष बढेको छ। अघिल्लो वर्ष ७ अर्ब  संकलन गरेकोमा असार मसान्तसम्म कम्पनीले ९ अर्बमाथि संकलन गरेको छ। 

यस्तै कम्पनीले पोलिसी धितो ऋणबाट हुने ब्याज आम्दानी पनि बढाएर यो वर्ष ३७ करोड रुपैयाँ पुर्‍याएको छ।

अघिल्लो वर्ष कम्पनीले ३३ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो। योबाहेक कम्पनीले लगानीबाट ३ अर्ब आय गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब मात्रै आम्दानी गरेको थियो। 

नाफा आउनुमा आय बढ्नुका साथै कम्पनीले खर्च कटौती गर्नु प्रमुख देखिन्छ। कम्पनीले प्रिमियम, ब्याज आम्दानी तथा अन्य खालका आयहरु बढाइरहँदा कर्मचारी खर्च भने घटाएको हो।

अघिल्लो वर्ष कर्मचारी ६२ करोड रुपैयाँ कर्मचारीमा खर्च गरेकोमा कम्पनीले यो वर्ष ६० करोड रुपैयाँ खर्च गरेको हो। यो वर्ष कम्पनीको जीवन बिमा कोष ३३ अर्ब पुगेको छ भने ३४ अर्ब रुपैयाँ लगानी गरेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ छ नेटवर्थ १३०.५६ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .