ad ad

कारोबार


काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु

नेपालखबर
साउन २१, २०८१ सोमबार १२:१८, काठमाडौँ

निर्माणाधीन काठमाडौँ–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्ग छिचोलिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजगढतर्फ जाने १७२८ मिटर लामो धेद्रे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रुको घोषणा गरेका हुन्।

यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ।

मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छ्याङ्दा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ।

निजगढबाट काठमाडौँ आउने सुरुङ यसअघि नै ब्रेक थ्रु भइसकेको छ। लेनडाँडाका पनि दुवै सुरुङ ब्रेक थ्रु भइसकेका छन्। 

छ वटा सुरुङ रहेकामा सबैभन्दा लामो महादेवटार सुरुङ ३४६८ र ३४२२ मिटरका जोडी सुरुङ निर्माण भइरहेको छ। 

फास्ट ट्र्याकमा थप तीन वटा सुरुङ पनि डिजाइनको क्रममा छन्। 

यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ।

प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७० दशमलव ९७७ किलोमिटर छ।

द्रूत मार्ग पहाडी भू–भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ।

द्रूतमार्गमा १० दशमलव ३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन्। 

आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा शून्य दशमलव ३९ किमी, चन्द्राम भीरमा दुई दशमलब २५ किमी, महादेवडाँडामा तीन दशमलब ३५५ किमी, धेद्रेमा एक दशमलब ६९१ र लेनडाँडामा एक दशमलव ६२३ किमी लामो सुरुङ निर्माण हुनेछ।

सो सडकमा विभिन्न स्थानमा १२ दशमलब ८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ। बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो।

सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढमा शिलान्यास गरेका थिए।

सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .