ad ad

कारोबार


ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधि : प्रसारणलाइन निर्माणमा लगानी गर्न आग्रह

ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधि : प्रसारणलाइन निर्माणमा लगानी गर्न आग्रह

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:२०, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोगलगायतका विषयमा छलफल भएको थियो।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने  बताए। अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे। विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको  बताउँदै ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको अवगत गराए। 

उक्त लक्ष्य हासिल गर्न विश्व बैंकको सहयोग आवश्यक हुने मन्त्री खड्काको भनाइ थियो। उनले विश्व बैंकको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त  गरे। 

भेटमा विश्व बैंकका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा विश्व बैंकको सधैं साथ र सहयोग रहने गरी अघि बढ्ने बताए। उनले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ऊर्जासँगै सिँचाइको योजनालाई विश्व बैंकले प्राथमिकता दिने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .