ad ad

कारोबार


सीजी मोटर्सले सीएटील ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

सीजी मोटर्सले सीएटील ब्याट्रीको सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्ने

नेपालखबर
साउन १६, २०८१ बुधबार २१:२८, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गतको सिजी मोर्टसले नेपालमा संसारकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ।

नेपालमा बढ्दो इभिगाडीहरू तथा ग्राहकहरूमाझ ब्याट्रीलाई लिएर देखिएको दुबिधालाई अन्त्य गर्न सिजी मोर्टसले ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको जनाएको छ।

सिजी मोटर्सको यो कदमले ग्राहकलाई थप विश्वास दिलाउने अपेक्षा कम्पनीको छ। ब्याट्री सर्भिस सेन्टर २०२४ सेप्टेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ।

ब्याट्री सर्भिस सेन्टर तथा ल्याबको लागि छुटै सर्भिस हबबाट सेवा उपलब्ध गराउने लक्ष्य लिएको सिजीले उच्च दक्ष र सीएटीएलको प्राविधिक ट्रेनिङ लिएर सेवा उपलब्ध गराउने जनाएको छ। ब्याट्री सर्भिसमा उत्कृष्ट ठहरिएका प्राविधिकहरूले सो सर्भिस सेन्टरबाट सेवा दिने कम्पनीले जनाएको छ।

तथ्याङ्क अनुसार विश्व बजारमा ३७ प्रतिशत बजार ओगटेको सीएटील ब्याट्रीको नेपालमा बजार हिस्सा दुई तिहाई रहेको छ। सिजी मोटर्सले स्थापना गर्न लागेको सर्भिस सेन्टरमा आफ्नो ब्रान्ड प्रयोग गर्ने ग्राहकहरु बाहेक नेपालमा सीएटीएलको ब्याट्री जडित अन्य अरू थुप्रै ब्रान्डको ग्राहकले पनि सेवा लिन सक्ने जनाएको छ।

छोटो समयमै सर्भिस प्रधान गरिने तथा सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकहरूले सेवा लिन सक्ने हुनाले सीएटीएल ब्याट्री नेपालमा अझै लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .