ad ad

कारोबार


झण्डै ३ वर्षपछि १२ अर्ब नाघ्यो सेयर कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल

झण्डै ३ वर्षपछि १२ अर्ब नाघ्यो सेयर कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेपालखबर
साउन २, २०८१ बुधबार १५:२२, काठमाडौँ

सेयरबजार परिसूचक नेप्सेको वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। 

मंगलबार नेप्से ७० अंकले बढेको थियो। बुधबार पनि नेप्सेमा भएको वृद्धिले निरन्तरता पाएको हो। 

सूचकसँगै कारोबार पनि १२ अर्ब रुपैयाँमाथि नाघेको छ। बुधबार नेप्से सूचक ५४.०४ अंकले बढेर २३६४.६३ अंकमा बन्द हुँदा १२ अर्ब ५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। 

यसअघि २०७८ भदौ १५ मा नेप्से ३००० विन्दुमा पुग्दा १२ अर्बको कारोबार भएको थियो। त्यसयता बुधबार नै पहिलोपटक १२ अर्बको कारोबार भएको हो। 

दिनभर सामान्य उतारचढावका भए पनि समग्रमा बजार हरियाली नै बन्न पुग्यो । अर्थमन्त्रीमा विष्णु पौडेल आउनु र पदभार ग्रहण गर्नासाथ सेयरबजारमैत्री कार्य गर्ने अभिव्यक्ति दिएकाले पनि बजार बढ्न थप मद्दत गरको देखिन्छ। 

मंगलबार ७०.१८ अंकले बढेको बजारमा लगानीकर्ताले ९ अर्ब १३ करोड रुपैयाँको सेयर किनबेच गरेका थिए। बुधबार भने १२ अर्बमाथिको कारोबार गरेको छ। 

बजारमा लगानीकर्ताले खरिद चाप बढाउँदा सूचकसँगै अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन्। आज व्यापार समूहको उपसूचक ७.३० प्रतिशतले बढ्दा यो समूहका कम्पनीहरुको मूल्य उल्लेख्य बढेको छ। योसँगै आज फाइनान्स समूहको ५.५० प्रतिशत र होटल तथा पर्यटन ५.५५ प्रतिशतले उपसूचक बढेका छन्। 

आज सबै समहूको सूचक बढेर बजार हरियो बनेको छ। मूल्यगत आधारमा भने आज कारोबारमा आएकामध्ये २०४ कम्पनीको सेयरमूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको हो। 

यी हुन् धेरै कमाउने प्रमुख १० कम्पनी 
सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयर मूल्य कित्तामा ५४ रुपैयाँले बढेको हो। 

यस्तै सिंगटी हाइड्रोको इनर्जीको कित्तामा १८.८० रुपैयाँ, आँखु खोला जलविद्युतको १६ रुपैयाँ, मन्दाकिनी हाइड्रोको १.५० रुपैयाँ, सिइडीबी हाइड्रोको ११ रुपैयाँ र आरम्भ चौतारी लघुवित्तको मुल्य प्रतिकित्ता १२६ रुपैयाँले बढेको छ। 

यस्तै मल्टिप्रपोज फाइनान्सको प्रतिकित्ता ४८.५० रुपैयाँ, साल्ट ट्रेडिङको ४११ रुपैयाँ र आईसीएफसी फाइनान्सको ५१ रुपैयाँ र एनआरएनको ६३ रुपैयाँले सेयर मूल्य बढेको छ। 

घट्नेमा भने आज अधिकांश म्युचुअल फन्डहरु रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .