ad ad

कारोबार


सातौं कारोबार दिन पनि घट्यो सेयरबजार, घट्दो कारोबारले के संकेत गर्छ?

सातौं कारोबार दिन पनि घट्यो सेयरबजार, घट्दो कारोबारले के संकेत गर्छ?

नेपालखबर
माघ ११, २०८० बिहिबार १५:३८, काठमाडौँ

आज (बिहीबार) पनि सेयरबजार घटेको छ। पछिल्लो ७ दिनयता निरन्तर घटेरको बजार ९१.०८ अंकले घटेको छ।

निरन्तर घट्दै आएको बजार आज ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा अडिएको छ। नेप्से परिसूचक निरन्तर ओरालो लाग्दा कारोबार समेत खुम्चिन थालेको छ। आज ३ अर्ब ७६ करोडको कारोबार भएको छ।

आज सेयरबजारमा दिनभरी उच्च उतारचढाव देखियो। २०८८.०४ विन्दुमा खुलेको बजार साढे ११ बजे अवधिमा उच्च २०९६.२७ विन्दु छोएको थियो। तर, सोही विन्दुबाट निरन्तर ओरालो लागेर १ः२० बजे न्यून २०७३ विन्दुबाट फर्किएर साढे २ बजेतिर २०९४.६१ विन्दु पुन ओलारो लागेर बन्द भयो।

आजको उतारचढापले बजार बढ्नासाथ बिक्रीकर्ता सेलिङतिर लाग्ने गरेको बुझिन्छ। साथै, कारोबार समेत घट्न थालेको छ। घट्दो कारोबारले सेयरधनीहरु सेयर बेच्न तयार नभएको समेत हो।

बजार २१ विन्दुबाट तल आइसकेका हुँदा सेयरधनी बजार धेरै तल नजाने मनोविज्ञानका साथ सेयर बिक्री गर्न नचाहिरहेको समेत हो।

बजार मैत्री वातावरणले बजार साढे २ हजार तल नजाने मनोविज्ञान बनेको देखिन्छ। वित्तीय संस्थाको वित्तीय विवरणले समेत बजार तान्न नसकेको बुझिन्छ। घट्दो ब्याजदर, अधिक तरलता लगायतका कुराले बजार साढे २ हजार तल नआउनेमा लगानीकर्ता विश्वस्त देखिएका छन्।

आज कारोबारमा आएका ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४१ कम्पनीको घटेको छ। घटेको बजारमा समलिङ पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ।

आजपनि हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .