ad ad

कारोबार


भारतबाट उडेको रुसी जहाज उत्तरी अफगानिस्तानमा दुर्घटना

भारतबाट उडेको रुसी जहाज उत्तरी अफगानिस्तानमा दुर्घटना

नेपालखबर
माघ ७, २०८० आइतबार १६:५, काठमाडौँ

एक रुसी चार्टर्ड विमान उत्तरी अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ। 

एजेन्सीहरुका अनुसार अफगान प्रहरीले विमान दुर्घटनामा परेको बताएपछि रुसी हवाइ अधिकारीले छ जना बोकेको एक विमान राडार प्रणालीबाट हराएको बताएका थिए। 

शनिबार बेलुकी अफगानिस्तानमाथिको आकाशमा उक्त विमान हराएको बताइएको छ। 

विमान भारतबाट उज्बेकिस्तान हुँदै मस्को जाँदै थियो। फ्रान्समा बनेको डसल्ट फाल्कोन १० जेट सन् १९७८ मा बनेको बताइएको छ। भारतबाट एयर एम्बुलेन्सका क्रममा अफगानिस्तानको पहाडमा दुर्घटना भएको हो। 

थाइल्यान्डबाट आएको विमान भारतमा इन्धन भरेर उडेको बताइएको छ। बादाक्षण प्रान्तमा दुर्घटना भएको बताइए पनि दुर्घटनास्थल टुंगो नलागेको एएफपीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .