ad ad

कारोबार


पर्यटन बोर्डको सीईओमा छनोट भए डा. धनञ्जय रेग्मी

पर्यटन बोर्डको सीईओमा छनोट भए डा. धनञ्जय रेग्मी

नेपालखबर
माघ १४, २०७६ मंगलबार १२:२९,

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा डा. धनञ्जय रेग्मी छनोट भएका छन्। मंगलबार बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीसहित बसेको बैठकले रेग्मीलाई सीईओका लागि छनोट गरेको हो।

निवर्तमान दीपकराज जोशीको कार्यकाल सकिएपछि गत मंसिर १८ गते विज्ञापन खुलाइएको थियो। विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये उपसमितिले काशीराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, डा. धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो। त्यसमा पनि अन्तिम तीन जना छनाेट भएकामा तीमध्ये रेग्मी नै छानिएका हुन्। 

बोर्डको सीईओको कार्यकाल चार वर्षको हुन्छ।

को हुन् रेग्मी ?
सन् १९७५ स्याङ्जामा जन्मिएका डा. रेग्मी नेपालको पर्यटन क्षेत्रमा काम गरिरहेका छन्। डा. रेग्मीले सन् २००६ मा जापानको सापोरो स्थित होकाइदियो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भारोमेन्टल जिओ साइन्स एण्ड जिओलोजिकल’ ्विषयमा विद्यावारिधि गरेका छन्।

नेपालमा भने रेग्मी हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्रोफेसर र नेपाल भूगोल समाजका अध्यक्षका रुपमा काम गरिरहेका छन्। उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष हुन्।

आवेदन हाल्दा नै रेग्मीले आफू सीईओ बने अहिलेसम्मको अध्ययन अनुसन्धान र अनुभवलाई मुलुकको पर्यटन विकासमा प्रयोग गर्ने बताएका थिए। नेपालमा दिगो पर्यटन विकासको बारेमा आफूले अनेकौं अनुसन्धान गरेको भन्दै ती अनुभवलाई व्यवहारमा प्रयोग गर्ने डा.रेग्मीको भनाइ छ।

पर्यटनलाई स्थानीय जनतासँग जोड्दै पर्यटनको दिगो विकासमा काम गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ। पर्यटन क्षेत्रमा कनिका जस्तो बजेट वितरण नगरेर दीर्घकालसम्म महत्व राख्ने रणनीतिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकासमा आफ्नो ध्यान रहने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .