यात्री मोटरसाइकलको पी वान मोडलको एउटा बाइक परीक्षणका क्रममा भाँचिएको छ।
सामाजिक सञ्जालमा यात्रीको पीवान बिचबाट भाँचिएको तस्बिर भाइरलपछि परीक्षणका क्रममा त्यस्तो हुन गएको दाबी कम्पनीले गरेको छ।
एक पटकको चार्जमा ११० किलोमिटरसम्म कुद्ने मोटरसाइकको चेसिसमा समस्या देखिएको छ। नेपालमै बनेको यात्रीले हालै नम्बर प्लेट दर्ताको प्रमाण पाएको थियो।
‘कुनै सन्दर्भबिना सामाजिक सञ्जालमा चेसिसमा समस्या आएको फोटो अपलोड गरिएको छ,’ यात्रीले सूचना निकालेर भनेको छ, ‘हामीले नयाँ डिजाइनको मोटरसाइकल बनाउँदा नियमित रुपमा परीक्षण गरिरहेका छौं।’
यात्रीले इन्जिनियरबाट बाइकको परीक्षण गर्दा चेसिस जडानमा समस्या देखिएको स्वीकार गरेको छ।
‘आन्तरिक परीक्षण कार्यक्रमका रुपमा इन्जिनियरले प्रमाणीकरण गर्ने उद्देश्यका लागि नयाँ डिजाइनको चेसिस परीक्षण गरिरहेका थिए। जुन सुखद रहेन,’ यात्रीले जारी गरेको सूचनामा भनेको छ।
यात्रीको पीजिरो र पीवान मोडलका मोटरसाइकल उत्पादन गरिरहेको छ। ती मोटरसाइकललाई बजारमा पठाउने योजना यात्रीको छ।
Shares
प्रतिक्रिया