ad ad

कारोबार


गृहजिल्ला पुगेर संस्कृतिमन्त्रीले भने– जनतासँग गरेको वाचा पूरा गर्छु

गृहजिल्ला पुगेर संस्कृतिमन्त्रीले भने– जनतासँग गरेको वाचा पूरा गर्छु

नेपालखबर
फागुन १०, २०७९ बुधबार १७:५८, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जनतालाई दिएको वाचा पूरा गरेर छाड्ने बताएका छन्।

मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका राईले जनतालाई दिएको वचनबाट बिचलित नहुने बताए।  

निर्वाचननका बेला आफू मन्त्री भएपछि जिल्लाको षडानन्द नगरपालिका १२ देउरालीमा  पहिलो पाइला टेक्ने वाचाअनुरूप पहिलो पटक मन्त्रीको रुपमा आफूले पाइला टेकेको समेत किराँतीले स्मरण गरे। 

किराँतीले भने, ‘मेरो सर्वस्व भनेकै जनता हुन्। मेरो मतदाताको मात्रा हैन सिंगो देशको जनताको शिर झुकाउने काम मबाट हुँदैन।’

एकै दिन १७ स्थानमा भेट्घाट कार्यक्रम गरेका किराँतीले जिल्ला जानुपहिले नै आफूलाई फूलमाला नउन्न, गेट नबनाउन र पछुवा गाडी नखटाउन प्रशासनलाई निर्देशन गरेका थिए।

आफूलाई जनताले अगाध प्रेम र विश्वासका साथ भोट दिएर जिताएर पठाएकाले अब जनताको सेवा गर्ने ड्यूटी आफूले पाएको बताउँदै कुनै देउतालाई जस्तो नेता र नेतृत्वलाई जनताले बढी पुलपुल्याउन नहुने तर्क समेत राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .