नेपाल धितोपत्र बोर्डले नयाँ इन्डेक्स सञ्चालनमा ल्याउने गरी अध्ययन थालेको छ।
‘शर्ट सेलिङ इन्डेक्स’ सञ्चालनमा ल्याउन अध्ययन गरिरहेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका हुन्।
अन्तर्राष्ट्रिय बजारमा सञ्चालनमा रहेको ‘शर्ट सेलिङ इन्डेक्स’ अब नेपालमा पनि ल्याउन अध्ययन सुरु गरिएको श्रेष्ठले बताए।
‘हाल नेपालमा शर्ट–सेल कारोबारलाई अवैधानिक मानिन्छ’, उनले भने, ‘नेपालमा आफूसँग नभएको सेयर बिक्री पाइँदैन।’
उनका अनुसार आफूसँग नभएको सेयर बिक्री गर्दा कारबाही गरिने व्यवस्था छ।
‘शर्ट सेलिङ इन्डेक्स’ सञ्चालन आएपछि आफूसँग नभएको सेयर बिक्री गर्न पाइन्छ’, उनले भने।
‘शर्ट सेलिङ इन्डेक्स’ सञ्चालन आउँदा उधारोमा सेयर बिक्री गर्न पाइन्छ’, उनले भने, ‘पहिले आफूसँग नभएको सेयर बिक्री गर्ने र पछि मार्केटबाट सेयर खरिद गरेर सेटलमेन्ट गर्न सकिन्छ।’
अहिले पनि क्लोजआउटको समस्या कायमै देखिन्छ। यस्तो इन्डेक्स सञ्चालनमा आए क्लोजआउट शर्ट–सेलिङको निराकरण हुने बोर्डको दाबी छ।
‘आफूसँग नभएको सेयर सेलमा राख्न पाइन्छ’, उनले भने, ‘तीन दिनभित्र त्यो सेयर किनेर फुलफिल गरिसक्नुपर्छ।’
एजेन्सीहरुका अनुसार हालै भारतमा चर्चित व्यवसायी गौतम अदानीले शर्ट–सेलिङमार्फत कम्पनीको सेयर बिक्री गरेका थिए।
उनले सेयर बिक्री गरेको खबर बाहिरिएसँगै बिक्रेताले भटाभट सेयर बिक्री गर्न थालेपछि मूल्य घट्न गएको र उनले सस्तोमा सेयर खरिद गरी शर्ट–सेलिङ सेटलमेन्ट गरेको मिडियाहरुको दाबी छ।
शर्ट–सेलिङ कारोबार अलि संवेदनशील भएकाले अध्ययन गर्न केही समय लागेको श्रेष्ठको भनाइ छ।
‘सेयरबजारमा नयाँ कुरा ल्याउँदा सबै कुरालाई ध्यान दिन जरुरी हुन्छ’, उनले भने, ‘हाम्रो मार्केटमा वित्तीय साक्षरता समेत न्यून छ, त्यसैले सबै पक्षलाई हेर्न जरुरी छ।’
मार्केटमा अभ्यस्त भएका लगानीकर्तालाई भने यो इन्डेक्स अवसर हुनेछ। तर, सर्वसाधारण लगानीकर्ता यसमा एकैपटक प्रवेश गर्न थाले भने डुब्नसक्ने अवस्था समेत रहन्छ।
नियामकीय निकाय धितोपत्र बोर्डले साना तथा नयाँ लगानीकर्ताको संरक्षण समेत गर्नुपर्ने हुन्छ।
यसलाई संकेत गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल भने सबै लगानीकर्ताको हित र संरक्षणको लागि काम गर्ने दाबी गरे।
त्यसो त उनले बोर्डको नेतृत्व सम्हालेपछि लगानीकर्ताको लागि थुप्रै काम समेत गरेका छन्। आस्बा शुल्क घटाउनेलगायतका करिब एक दर्जन काम सम्पन्न गरिसकेका छन्। अझै एसएमई इन्डेक्सदेखि केही काम प्रक्रियामा ल्याएका छन्।
उनले बोर्ड र नेप्सेको कमिसन घटाउने गरी अध्ययन समेत भइरहेको जनाएका छन्।
के हो शर्ट–सेलिङ इन्डेक्स?
आफूसँग नभएको कम्पनीको सेयर बिक्री गर्न पाइने एक विधि हो ‘शर्ट–सेलिङ’। सेयर सेल गरेको तीन दिनभित्र बाइ गरी (किनी) पुनः सेटलमेन्ट गर्न पाइन्छ।
जस्तै कसैसँग कुनै एक कम्पनीको १०० कित्ता सेयर छ भने उसले आज ५०० कित्ता सेयर बिक्री गर्न पाउँछ ।
उसले आफूसँग नभएको ४०० कित्ता सेयर तीन दिनभित्र खरिद गरेर सेटलमेन्ट गर्न पाउँछ। नयाँ लगानीकर्ताको लागि अलि जोखिम भए पनि बजारसँग अभ्यस्त लगानीकर्ताको लागि नयाँ अवसरको रुपमा शर्ट–सेलिङ इन्डेक्स लिन सकिन्छ।
यो पनि -
‘अक्सन मार्केट’ ल्याउँदै नेप्से, बोर्डले स्वीकृति दिए हट्नेछ राफसाफको समस्या
Shares
प्रतिक्रिया