हिमालयन बैंक लिमिटेडले काठमाडौं महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा २ बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।
बैंकले यही माघ ४ देखि थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो।
उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक विदाबाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।
बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटीएम र ६ हजारभन्दा बढी पस टर्मिनल्सबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ ।
18
Shares
प्रतिक्रिया