भारतले नेपाल र बंगलादेशबाट आउने जुटजन्य वस्तुको एन्टि–डम्पिङ शुल्क लाग्ने अवधि लम्ब्याएको छ।
द बिजनेस स्ट्यान्डर्डका अनुसार भारत सरकारले यस्तो शुल्क लिने अवधि विस्तार गरेको हो।
यस्तो शुल्क प्रतिमेट्रिक टन ६.३ अमेरिकी डलरदेखि ३५१.७२ अमेरिकी डलरसम्म लाग्छ।
भारतीय जुट मिलहरुले सरकारसँग स्थानीय क्षेत्रलाई संरक्षण गर्न यस्तो शुल्क लगाउन माग गर्दै आएका थिए। छिमेकी देशबाट यससम्बन्धी सस्तो मूल्यमा वस्तु आयात हुने गरेको छ।
तर यसले घरेलु उद्योगका साथै भारतको द्विपक्षीय व्यापार निर्यातमा असर गर्ने टीबीएसले जनाएको छ।
डिसेम्बर ३० मा भारतीय अर्थ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्म यो शुल्क पाँच वर्षसम्म लगाइनेछ।’
72
Shares
प्रतिक्रिया