ad ad

कारोबार


कमजोर बन्यो आन्तरिक राजस्व, लक्ष्यभन्दा १७ अर्ब कम उठ्यो

कमजोर बन्यो आन्तरिक राजस्व, लक्ष्यभन्दा १७ अर्ब कम उठ्यो

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०७९ शुक्रबार १४:१५, काठमाडौँ

देशभित्रबाट उठ्नुपर्ने राजस्व संकलन निकै कमजोर देखिएको छ। सरकारले धेरैजसो शीर्षकमा लक्ष्य भेट्टाउन नसकेको हो। 

चालू आर्थिक वर्षको ४ महिना सकिएको छ। कात्तिक महिनासम्मको विवरण हेर्ने हो भने लक्ष्यभन्दा १७ अर्ब कम राजस्व संकलन भएको छ।

कात्तिक महिनासम्ममा अर्थ मन्त्रालयले १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर कात्तिक मसान्तसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको हो। 

आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्यांकअनुसार यो वर्षको राजस्व संकलन गत वर्षभन्दा पनि कमजोर हो। गत आर्थिक वर्षको यही अवधिमा समेत १ खर्ब २७ अर्ब रुपैयाँ संकलन भएको थियो। 

चालू आर्थिक वर्षको ४ महिनाको विवरण हेर्ने हो भने आयकरबाट ३८ अर्ब, घरबहाल करबाट ६४ करोड, इन्टे«स्ट ट्याक्सबाट १३ अर्ब, भ्याटबाट ३४ अर्ब, अन्तःशुल्कबाट ३४ अर्ब, स्वास्थ्य सेवाशुल्कबाट २ अर्ब, शिक्षा सेवा शुल्क ५३ करोड रुपैयाँ संकलन भएको छ। 

४ महिना अवधि कुल लक्ष्यको ८८ दशमलव ४३ प्रतिशत संकलन भएको हो। कात्तिक महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने एक महिनामा २९ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। 

यो महिनामा ३५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा करिब ६ अर्ब रुपैयाँ कम संकलन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .