ad ad

कारोबार


करेन्ट ब्रान्डका चाउचाउ बेच्ने यशोदा फुड्सले गर्‍यो साढे ३ अर्ब आम्दानी

करेन्ट ब्रान्डका चाउचाउ बेच्ने यशोदा फुड्सले गर्‍यो साढे ३ अर्ब आम्दानी

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १४:५४, काठमाडौँ

करेन्ट ब्रान्डको चाउचाउ बिक्री गर्ने यशोदा फुड्स प्रा.लिले साढे ३ अर्बको नुडल्स र स्न्याक्स बिक्री गरेको छ।

आर्थिक वर्ष २०७८/०७९ मा यशोदाले ३ अर्ब ४३ करोड रुपैयाँको चाउचाउ बिक्री गरेको हो। 

कम्पनीको पिरो चाउचाउको रुपमा करेन्ट र साधारणमा लालि ब्रान्ड चर्चित छ। कम्पनीले ९० प्रतिशत आम्दानी चाउचाउ बिक्रीबाट गरेको छ। 

पछिल्लो ३ वर्षमा कम्पनीले आफ्नो व्यापार वृद्धि दोब्बरले गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ७३ करोड रुपैयाँमात्रै बिक्री गर्नसकेको कम्पनीले २०७७/०७८ मा २ अर्ब ६६ करोडले आम्दानी गरेको थियो। 

कम्पनीको कारोबार बढे पनि नाफा भने घटेको छ। ०७६/०७७ मा कर, ब्याज, अवमूल्यनसहितको नाफा १३.४४ प्रतिशत रहेकोमा २०७७/०७८ मा १६.५९ प्रतिशत थियो। गत आर्थिक वर्षमा भने कम्पनीको नाफा घटेर ८.३६ प्रतिशत रहेको छ। 

कम्पनीको देशभर २५० वटा आधिकारिक बिक्रेता रहेका छन्। डिपार्टमेन्ट स्टोर र सुपरमार्केटमा कम्पनी आफैँले बिक्री गर्छ। कम्पनीको मुख्य आम्दानी करेन्ट चाउचाउबाटै हुने गरेको छ। कम्पनीले कच्चा पदार्थमा प्रयोग गर्ने सामग्री स्थानीयसँगै भारत, मलेसिया र इन्डोनोसियाबाट आयात गर्छ।  

सन् २०१७ बाट उत्पादन थालेको कम्पनी रुपन्दहीको तिलोत्तमामा छ। कम्पनीको वार्षिक उत्पादन क्षमता वार्षिक २० हजार मेट्रिक टन रहेको छ। एक वर्षमा ९० प्रतिशत क्षमता प्रयोग गरिएको छ।

चूर्ण प्रसाद शर्मा कम्पनीको अध्यक्ष छन्। ३७ वर्षदेखि उत्पादन, प्याकेजिङ, रियल स्टेटलगायतको व्यवसायमा आबद्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .