ad ad

कारोबार


टीभीएस एक्सचेन्ज मेला सुरु, ग्राहकलाई यस्ता सुविधा

टीभीएस एक्सचेन्ज मेला सुरु, ग्राहकलाई यस्ता सुविधा

नेपालखबर
असोज ३१, २०७९ सोमबार १२:१४, काठमाडौँ

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ सुरु भएको छ। 

सोमबारबाट सुरु भएको यो मेला कात्तिक ५ सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ। 

मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने कम्पनीले जनाएको छ। 

ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा ७ हजार बढीको मूल्य पाउनेछन्। 

कम्पनीले भनेको छ, ‘साथै नकिन्दै १ लाख र किन्दा १० लाखसम्मको नगद छुटको पनि व्यवस्था छ। यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्नेछन्।’   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .