ad ad

कारोबार


सिद्धार्थ बैंकद्वारा अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रलाई सहयोग

सिद्धार्थ बैंकद्वारा अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रलाई सहयोग

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १५:३२,

सिद्धार्थ बैंकले काभ्रेको बनेपा स्थित अपांग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्रलाई दश लाख रूपैयाँ सहयोग प्रदान गरेको छ। सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारीर चिकित्सा निर्देशक डा। विवेक बाँस्कोटालाई एक समारोहका बीच प्रदान गरे।

अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो। यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपांग बालबालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .