ad ad

कारोबार


हुवावेको वाइनाइन एस स्मार्टफोन काठमाडौंमा सार्वजनिक

हुवावेको वाइनाइन एस स्मार्टफोन काठमाडौंमा सार्वजनिक

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १४:५,

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेको वाइनाइन एस स्मार्टफोन सार्वजनिक भएको छ। यो स्मार्टफोन मेट ३० प्रो सँगै सार्वजनिक गरिएको अर्को स्मार्टफोन हो।

अटो पपअप क्यामरा भएको यो स्मार्टफोन चर्चितत वाइनाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन भएको कमपनीले जनाएको छ। आधुनिक र आकर्षित डिजाइन तथा अल्ट्रा वाइड एंगल ४८ एमपी एआई ट्रिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ। हुवावे विश्वबजारमा दोस्रो ठुलो स्मार्टफोन सप्लायर हो। सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिटहरू निर्यात गरिसकेको कम्पनीले जनाएको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै हुवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृद्धि भएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ।

huwawe4.jpg

मोबाइल सर्भिस, हुवावे डिभाइसेस, फाइभजी नेटवर्कहरू तथा एआईजडित एपहरू प्रयोग गरी उपकरणहरूलाई बिना कुनै समस्या कनेक्ट हनका सो खुला इकोसिस्टमले सम्भव तुल्याउँछ।

उक्त कार्यक्रममा बावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको हुवावे कन्ज्यूमर बिजनेस ग्रुपको एक हिस्सा हुवावे नेक्स्ट अर्थात् हुवावे मोबाइल सर्भिसेस एचएमएस को बारेमा प्रकाश पारिएको थियो। हुवावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि हुवावेद्वारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ।

हुवावे मोबाइल सर्भिसेसमा हुवावे एप ग्यालरी, हुवावे ब्राउजर, हुवावे मोबाइल क्लाउड वावे थिमहरू बावे म्यजिक बावे भिडियो, ह्वावें असिसटेन्ट तथा अन्य एचएमएस एपहरू हुवावे आइडी, हुवावे हेल्थ, हुवावे थिम, हुवावे म्यूजिक तथा अन्य धेरै रहेका छन्।

हुवावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्रै तीन अर्ब अमेरिकी डलर तथा तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्दैछ भने दई वषभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुयाउँदैछ छ भने रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी संख्या पाँच हजार पुऱ्याउँदैछ।

हुवावे मोबाइल सर्भिसेसको विश्वव्यापी बजारमा उपस्थितिलाई सुदृढ पार्न हुवावे इकोसिस्टम तयार छ। यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ। ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले स्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन बनाउन सघाउँछ।

79602861_579337796177199_8066749284051058688_n.jpg

हुवावे मोबाइल सर्भिसेसमा संचालन हुने पछिल्लो फ्ल्यागशिप हुवावे मेट ३० प्रो, पनि सार्वजनिक गरिएको छ। यो आइकोनिक मोबाइलफोनमा किरिन ९९० एसओसी छ र ७ एनएम र इयूभी प्रोसेसको प्रयोग भएको छ। हुवावे स्परचार्ज तथा ईएमयूआई १० ले मोबाइल प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री तथा उत्कृष्ट अनुभव प्रदान गर्दछ। यो स्मार्टफोनले प्रयोगकर्ताहरूका लागि उच्च स्तरको फोटो र भिडियो खिच्न सघाउँछ। यसमा ४० एमपी सिने क्यामरासहितको उच्चस्तरको क्वाड क्यामरा प्रणाली, ४० एमपी स्परसेन्सिङ क्यामरा,८ एमपीको टेलिफोटो क्यामरा तथा थ्रीडी डेप्थ सेन्सिङ क्यामरा जडित छ। यसको फ्रन्ट क्यामरा ३२ एमपीको हो।

हुवावे वाच जिटी टु पनि अतिप्रतिक्षित हुवावे उत्पादन हो। किरिन एआई चिपजडित यसमा उच्च कार्यक्षमता तथा कम ब्याटी खपत गर्ने गर्दछ र दुई हप्तासम्म ब्याट्री टिक्छ।

४२ एमएम कलर एमोलेड स्क्रीनले २१५ एमएएच ब्याट्री प्रयोग गर्ने गर्छ जुन एक हप्तासम्म टिक्नेछ। यस स्मार्टवाचमा नयाँ विशेषताहरू र फङ्सनहरू छन् र १५ स्पोर्ट मोड तथा १० ट्रेनिङ मोडहरू भएको यो स्मार्टवाच फिटनेस तथा स्वास्थ्य बारे विशेष चासो राख्नेहरूका लागि उपयुक्त छ।

सो समारोहमा ब्यान्ड फोर तथा ब्यान्ड फोर ई पनि लन्च गरियो। हुवावे ब्यान्ड फोरमा भएको स्मार्ट फिटनेश म्यानेजमेन्ट सिस्टमले मटको धड्कन थप एक्यरेसीका साथ मनिटर गर्ने ९ वटा दैनिक इन्डोर र आउटडोर एक्सरसाइज मोडहरू भएको र सशक्त फिटनेश मनिटरिङ फिचरहरू छन्। यसका साथै हाले आयोजित आइएफए कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा ११ वटा बेस्ट अफ आइएफए मिडिया अवार्डहरू जित्न सफल ह्यावे फ्रि बड्स थ्री टू वायरलेस ब्लटथ इयरफोनहरू पनि उपलब्ध भएको बारे घोषणा गरियो। किरिन ए वान चिपले उत्कष्ट साउन्ड प्रोसेसिङ टेक्निक प्रदान गर्न प्राविधिक रूपमा अत्याधनिक अप्रोच प्रयोग गर्छ।

huwawe3.jpg

हुवावे  एक्सेसरिजको दनियाँमा अर्को दमदार उत्पादन भनेको ह्वावे फ्रि लेस हो जसले अद्वितीय अडियो अनुभव र टिकाउ ब्याट्री युक्त छ।

हुवावे मेट ३० पो सँगै सार्वजनिक गरिएको अर्को समार्टफोन हो वाइनाइन एय। अटो पपअप क्यामरा भएको यो स्माटफान चर्चित वाइ नाइन प्राइम २०१९ को अपग्रेडेड भर्जन हो। आधुनिक र आकर्षित डिजाइन तथा अल्टा वाइड एंगल ४८ एमपी आई टिपल क्यामरा तथा साइड फिंगरप्रिन्ट डिजाइन यसमा छ।

हुवावे विश्व बजारमा दोस्रो ठुलो स्मार्टफोन सप्लायर हो र सन २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन यनिटहरू नियांत गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनाम २६ प्रतिशतले वद्धि भएको हो। त्यस्तै हुवावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृद्धि भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ।

79277693_2551778528374297_2809020474007224320_n.jpg

कम्पनीको कुन उत्पादनको मूल्य कति?
हुवावे मेट ३० प्रोः १ लाख २९ हजार ९ सय
हुवावे वाच जीटी टु ४६ एमएमः २९ हजार ९ सय
हुवावे ब्यान्ड फोरः ४ हजार ४ सय
हुवावे ब्यान्ड फोर ईः ३ हजार ४ सय
हुवावे फ्रि बङ्स थ्रीः २० हजार ९ सय
हुवावे फ्रि लेसः ९ हजार ९ सय

हुवावे वाच जीटी टु ४२ एमएस र हुवावे वाइ नाइन एसको भने मूल्य घोषणा हुनै बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .