ad ad

कारोबार


कुलमानले भनेः प्राधिकरणले विद्युत महशुल घटाउँदै छ

कुलमानले भनेः प्राधिकरणले विद्युत महशुल घटाउँदै छ

वाशुदेव मिश्र
मंसिर २९, २०७६ आइतबार ११:०,

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महशुल घटाउने तयारी भएको जानकारी दिएका छन्।

पोखरामा जारी आइएमई नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत आइतबार ‘पावरिङ सस्टेनाबिलिटी’ विषयक अन्तक्र्रियामा बोल्दै उनले सो जानकारी दिएका हुन्।

‘अहिले हामी खपत बढाउने र मूल्य घटाउनेतर्फ लाग्दैछौँ’, उनले भने, अब राति र दिउँसोको कम र साँझको केही बढी मूल्य हुन सक्छ।’ उनले अहिले नेपाल विद्युत प्राधिकरण ९ अर्ब रुपैयाँ नाफामा रहेको बताउँदै प्राधिकरण अहिले राम्रो अवस्थामा भएको बताए।

केही वर्षअघिसम्म पहिलो चुनौति लोडसेडिङ कसरी अन्त्य गर्ने भन्ने भए पनि अहिले चुनौती फेरिएको बताउँदै उनले भने, ‘अब उत्पादित बिजुलीलाई कसरी उपयोग गर्ने भन्ने भएको छ।’ उनले नेपालको लोडसेडिङ अन्त्य गर्दै नेपालकै विद्युतमा कसरी आत्मनिर्भर हुने भन्ने विषय चुनौतिको रुपमा खडा भएको बताए।

उनका अनुसार वर्षायाममा नेपालमै उत्पादित बिजुलीले पुग्ने अवस्था आएको छ भने माग बढाउने विषय पनि चुनौतीको रुपमा देखिएको छ। ‘अब खपत गर्नुहोस् र खपत बढाऔँ भनिरहेका छौँ’, उनले भने, ‘खपत बढाऔँ भन्दैमा खपत बढ्नेवाला छैन। हामीले पेट्रोल, ग्याँस आयात गरिरहेका छौँ, नेपालले जति बिजुली खपत गर्न सक्यो त्यति ने ऊर्जामा परनिर्भरता घट्छ।’

अन्तरक्रियामा सहभागि सामाजिक अभियन्ता वर्षा दत्ताले उत्पादनशील क्षेत्रमा उर्जाको खपत बढाउनु पर्ने धारणा व्यक्त गरिन्। उनले ग्रामीण क्षेत्रमा विद्युतको खपत बढाउने र उपभोग गर्न सक्ने वातावरण निर्माणमा पनि जोड दिइन्।

एसियाली विकास बैंकका दक्षिण एसियाली ऊर्जा विभाका प्रमु्ख प्रियन्था विजायातुंगाले नेपालजस्तो विकासोन्मुख मुलुकको लागि ऊर्जाको महत्वपूर्ण भूमिका हुने बताए। नेपालमा प्रसस्त जलविद्युत आयोजना भएको बताउँदै उनले स्वच्छ उर्जाको खपतमा नेपालले उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .