ad ad

फोटोफिचर


शर्मिला र रश्मीको ह्याट्रिकसँगै प्रदेश १ माथि आर्मीको फराकिलो जित (फाेटाेफिचर)


प्रविन कोइराला
मंसिर २९, २०७६ आइतबार ११:९,

शर्मिला थापामगर र रश्मीकुमारी घिसिङको ह्याट्रिकसँगै काठमाडौंमा आइतबारबाट शुरु भएको प्रधानसेनापति आमन्त्रित महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ माथि ९-० को फराकिलो जित हात पारेको छ।

Womens_football_16.jpg
पहिलो हाफमा ५ गोल गरेको आर्मीले दोस्रो हाफमा ४ गोल थपेको हो। आर्मीको जितमा शर्मिलाले ४ तथा रश्मीले ३ तथा विमला चौधरीले दुई गोल गरिन्।

Womens_football_15.jpg

खेलको दोस्रो मिनेटमा रश्मीको गोलसँगै आर्मीले अग्रता लिएको थियो। त्यसको ५ मिनेट बित्न नपाउँदै शर्मिलाले दोस्रो गोल थपिन। दोस्रो गोल गरेको तीन मिनेटमा शर्मिलाले नै आर्मीलाई ३-० को अग्रता दिलाएकी थिइन्।

Womens_football_14.jpg

पहिलो हाफको अन्तिम पाँच मिनेटमा आर्मीले थप दुई गोल गर्‍यो। सपनाले ४२औं र बिमलाले ४५औं मिनेटमा गोल गर्दै आर्मीलाई ५-० को अग्रता दिलाए। दोस्रो हाफमा रश्मीले दुई तथा शर्मिला र बिमलाले एक एक गोल गरे।

Womens_football_13.jpg

काठमाडौको भद्रकालीस्थित नेपाल आर्मीको मैदानमा जारी खेलमा तीन विभागीय, दुई विदेशी तथा तीन प्रदेशको फुटबल टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ।

Womens_football_12.jpg

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी छन्। 

Womens_football_11.jpg

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन्।

Womens_football_10.jpg

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन्। यस्तै, उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन्। प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ।

Womens_football_09.jpg

Womens_football_06.jpg

Womens_football_05.jpg

Womens_football_04.jpg

Womens_football_03.jpg

Womens_football_02.jpg

Womens_football_01_2.jpg

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .