बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला आयोजना गरेको छ।
भर्खरै कलेज पास गरेका विद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाएको छ।
कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो। मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत बिबरणहरु संकलन गरि आफुलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया शुरु गरेको बताए।
कार्यक्रमको उद्घाटन कलेज संचालन समितिका अध्यक्ष भिमानन्द ढुंगानाले गरे।
एकदिने मेलामा सुचना प्रबिधि, बैकं तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारी पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षा लगायतका क्षेत्रका कम्पनीहरुको सहभागी थिए।
कलेजका प्राचार्य केशब जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताए।
‘६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसंग आवेदन दिए ्र कम्पनीहरु पनि खुशी छन्’, जोशीले भने।
कार्यक्रमको मुख्य उद्देश्य कलेज सकाएका र कामका खोजीमा रहेको युवाहरुलाई रोजगारदाता कम्पनीहरुहरुसंग जोड्नु रहेको बताउंदै जोशीले मेलालाइ कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताए ।
त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेला सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुबैलाई फलदायी भएको बताए ।
फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र बिभिन्न मनोरन्जात्मक गतिविधिहरु मेलाका अन्य आकर्षण थिए।
Shares
प्रतिक्रिया