ad ad

कारोबार


नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नबिल बैंकले ल्यायो ‘दशैं तिहार घर कर्जा धमाका’

नेपालखबर
असोज २, २०७९ आइतबार १५:४०, काठमाडौँ

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । 

योजनाअन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । 

यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।

३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .