ad ad

समाज


खोलामा बेपत्ता शिक्षकको यसरी गरियो उद्दार (फोटो)

खोलामा बेपत्ता शिक्षकको यसरी गरियो उद्दार (फोटो)

नेपालखबर
असोज २, २०७९ आइतबार १६:१, काठमाडौँ

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ नाकुटेस्थित ठाडो खोलामा बेपत्ता भएका शिक्षक केशव शिवाकोटीको सुरक्षाकर्मीले सकुशल उद्दार गरेका छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका–३ का ३७ वर्षीय शिवाकोटीसमेत ४ जना नुहाएर फर्कने क्रममा अचानक उनी चिप्लिएर खोलामा डुबी बेपत्ता भएका थिए। 

खोलाले बगाएर करिब १०० मिटर तल पुगेका उनी खोलाको खोचमा ढुंगा माथि बसेका थिए। 

आज (असोज २ गते) विहान ०६ः५० बजे उनी ढुंगाबाट हात हल्लाइरहेको अवस्थामा देखिएपछि नेपाली सेनाको उद्दार टोलीले ११ः५ बजे उनको उद्दार गरेको थियो। 

शिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरमा राखि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .