ad ad

कारोबार


निजी क्षेत्रले प्रविधि तथा औद्योगिक पार्क निर्माण गरे कर्जामा २ प्रतिशत मात्रै प्रिमियम

निजी क्षेत्रले प्रविधि तथा औद्योगिक पार्क निर्माण गरे कर्जामा २ प्रतिशत मात्रै प्रिमियम

नेपालखबर
साउन १८, २०७९ बुधबार १३:४, काठमाडौँ

निजी क्षेत्रले प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गरे कर्जामा २ प्रतिशत मात्रै प्रिमियम जोडिने भएको छ।

आज राष्ट्र बैंकले जारी गरेको सुर्कुलर अनुसार निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्ने बताएको हो। 

यस अघि बैंक तथा वित्तीय संस्थाले  २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय वाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ऋणको ब्याज तोक्नु उल्लेख छ। 

२० लाख सम्मका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने समेत राष्ट्र बैंकले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .