बागमती प्रदेशले चालू आर्थिक वर्षको तुलनामा आगामाी आर्थिक वर्षको लागि १३ अर्ब बढीको बजेट ल्याएको छ।
आगामी आर्थिक वर्षको लागि बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले ७० अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरेका हुन्।
चालू आर्थिक वर्षको लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार विनियोजन भएकोमा यस वर्ष १३ अर्बले बजेटको आकार बढेको छ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन भएको ७० अर्ब ९३ करोड रुपैयाँमध्ये चालूतर्फ १९ अर्ब २ करोड १४ लाख रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको हो।
चालू आवका लागि भने कुल विनियोजनमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेको थियो। आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा कर राजस्वबाट २६ अर्ब ५७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड र चालू आर्थिक वर्षको सञ्चित कोषको बचतबाट १६ अर्ब व्यहोरिने आर्थिक मामिलामन्त्री जम्कटेलले बताएका हुन्।
चालू आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्ति १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालू आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको थियो।
कृषि क्षेत्रलाई मुख्य प्राथमिकता
आगामी आर्थिक वर्षमा बागमती प्रदेशले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कृषि क्षेत्रमा वास्तविक किसानलाई सहयोग दिने गरी घुम्ती कोष स्थापना गरी निर्ब्याजी पैसा दिने घोषणा आर्थिक मामिलामन्त्री जम्कटेलले गरेका हुन्।
त्यसको लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा उल्लेख गरेअनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिइने उल्लेख छ।
त्यस्तै कृषि क्षेत्रको लागि चिस्यान केन्द्र कृषि बजार व्यवस्थापनको काम समेत गर्ने उल्लेख गरेको छ। ५० रोपनी जग्गामा तरकारी खेती गर्नेको लागि उपकरण र चिस्यानको व्यवस्थाा गर्ने समेत उल्लेख गरेको छ। पर्यटन क्षेत्रमा भने साहसिक पर्यटन, घुमफिर वर्ष समेत मनाउने उल्लेख छ।
यस्तो छ पूर्णपाठ
Shares
प्रतिक्रिया