ad ad

कारोबार


सेयरबजारमा गिरावटका बाबजुद साल्ट ट्रेडिङका लगानीकर्ताले कमाए

सेयरबजारमा गिरावटका बाबजुद साल्ट ट्रेडिङका लगानीकर्ताले कमाए

नेपालखबर
मंसिर २, २०७६ सोमबार १०:३,

सेयरबजारमा आज पनि गिरावट आएको छ। बजार मापन गर्ने नेप्से सूचक शून्य दशमलव २४ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ५३ अंकले ओर्लिएको छ।

आज कुल १ सय ६० कम्पनीको कारोबार भएकामा ११ लाख ८८ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ४ हजार ९ सय ५७ पटकको खरिदबिक्रीपछि आज पनि ३५ करोड ६८ लाखको कारोबार भएको छ। कुल १२ समूहको कारोबार भएको दिन अन्य, उत्पादन, ऊर्जा र म्युचुअल फन्डको बाहेक बाँकी समूहको सूचक उकालो लागेको छ।

कारोबार रकमका हिसाबले आज नेपाल बैंकको ८ करोड ३९ लाखको, एनएमबी बैंकको ३ करोड ६८ लाखको, प्राइम कमर्सियल बैंक प्रोमोटर सेयरको २ करोड ६४ लाखको, कृषि विकास बैंकको २ करोड १६ लाखको, शिवम् सिमेन्टको २ करोड ५ लाखको, नबिल बैंकको १ करोड ७७ लाखको र एनआईसी एसिया बैंकको १ करोड ४० लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

आज पनि साल्ट ट्रेडिङको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता आज १ सय ३ रुपैयाँ कमाएका छन्। त्यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९१ प्रतिशत अर्थात् ४३ रुपैयाँ आम्दानी गरेका छन्। सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका सेयधरनीले ५.१९ प्रतिशत कमाउँदा विशालबजार कम्पनीका सेयधरनीले ३.९५ प्रतिशत अर्थात् ५५ रुपैयाँ आम्दानी गरेका छन्। यता महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ३.२३ प्रतिशत अर्थात् १५ रुपैयाँ आम्दानी गरेका छन्।

गुमाउनेमा आज युनिभर्सल पावर कम्पनी अगाडि छ। कम्पनीका सेयरधनीले ५.४० प्रतिशत गुमाएका छन्। रकमका हिसाबले भने आज राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनी परेका छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता २ सय २४ रुपैयाँ गुमाएका छन्। बाँकी कम्पनीको सेयरमूल्यमा सानो गिरावट भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .