ad ad

कारोबार


वैकल्पिक ऊर्जामा जर्मनीले डेढ अर्ब सहयोग गर्ने

वैकल्पिक ऊर्जामा जर्मनीले डेढ अर्ब सहयोग गर्ने

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १०:५१,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार भएको भेटमा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो।

मन्त्री पुनले जर्मन सरकारले ऊर्जा, प्रसारणलाइन र वैकल्पिक ऊर्जाको क्षेत्रमा गरेको सहयोगको लागि धन्यवाद दिएका थिए। त्यसका साथै उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको माध्यमबाट स्वच्छ ऊर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए।

मन्त्री पुनले भने, ‘सरकारले पुर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ,त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ।’ मन्त्री पुनले वैकल्पिक ऊर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए।

pun german

भेटमा जर्मन राजदूत शेफरले ऊर्जा र वैकल्पिक ऊर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन सरकार इच्छुक रहेको धारणा राखे। राजदूत शेफरले वैकल्पिक ऊर्जालाई डेढ अर्बबराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए।

मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक ऊर्जा र नेपाल विद्युत् प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए।

भेटमा जर्मन सरकारले वैकल्पिक ऊर्जामा गरेको सहयोग, तनहुँ जलविद्युत् परियोजनालगायतका विषयमा समेत छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .