ad ad

कारोबार


नबिल, प्रभु र चिलिमे हाइड्रोको करोड बढीको सेयर कारोबार

नबिल, प्रभु र चिलिमे हाइड्रोको करोड बढीको सेयर कारोबार

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १०:३९,

सेयरबजारमा आज सुधार देखिएको छ। अघिल्लो दिन घटेको सेयरबजार कारोबार मापन गर्ने नेप्से सूचक शून्य दशमलव ९७ अंकले बढेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ०४ अंकले हरियो भएको छ। आज कुल १ सय ६३ कम्पनीको कारोबार भएकामा ७ लाख ५९ हजार कित्ता सेयर बिक्री भएका छन्। उक्त खरिदबिक्रीबाट १९ करोड १८ लाखको कारोबार भएको हो।

बिहान ११ बजे खुलेको कारोबार दिउँसो १ बजेसम्म निरन्तर ओरालो लागे पनि त्यसपछि सुधार भएको थियो। आज वाणिज्य बैंक, होटल, विकास बैंक, ऊर्जा, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डमध्ये वाणिज्य बैंक र फाइनान्सको कारोबार सूचक घटेको छ।

कारोबार रकमका हिसाबले आज नबिल बैंकको सबैभन्दा धेरै १ करोड ९८ लाखको सेयर किनबेच भएको छ। त्यस्तै प्रभु बैंकको १ करोड ६१ लाखको, चिलिमे हाइड्रोपावर कम्पनीको १ करोड १९ लाखको कारोबार भएको छ। अन्य कम्पनीले १ करोडको कारोबार गर्न सकेका छैनन्।

आजको सेयर खरिदबिक्रीमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९३ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, चिलिमे जलविद्युतका सेयरधनीले ६.२४ प्रतिशत, नेरुडे लघुवित्त विकास बैंकका सेयरधनीले ५.६९ प्रतिशत, एनआईसी एसिया ग्रोथ फन्डका सेयरधनीले ५.४७ प्रतिशत र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सेयरधनीले ४.५५ प्रतिशत प्रतिसेयर आम्दानी गरेको नेप्सेले जनाएको छ।

गुमाउनेमा भने आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनी परेका छन्। उनीहरुले प्रतिसेयर ४.८४ प्रतिशत गुमाएका छन्। त्यस्तै, गोर्खाज फाइनान्सका सेयरधनीले ४.३५ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल लिमिटेडका सेयरधनीले ३.७५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ३.०६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .