ad ad

कारोबार


भारतीय नागरिकविरुद्ध ३३ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा

भारतीय नागरिकविरुद्ध ३३ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १२:१५,

भारतीय नागरिक रितेश कुमार मधेसिया र निरज अग्रहरीविरुद्ध राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको भन्दै ३३ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ। विभागले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ३३ करोड ३२ लाख बिगो कायम गरी रुपन्देही जिल्ला अदालतमा यही कात्तिक ७ गते मुद्दा दायर गरेको हो।

प्रतिवादीहरु मधेसिया र अग्रहरीको बरामद भएको भारतीय नोटको सम्बन्धमा अनुसन्धान गर्दा अन्य मुलुकमा जाँदा र आउँदा प्रतिव्यक्ति नेपाली रुपैयाँ पाँच हजारभन्दा बढी साथमा लैजान वा ल्याउन नपाउने व्यवस्थाविपरीत प्रतिवादीहरुले बयानमा स्वीकार गरेको विभागले जनाएको छ।

सोहीअनुसार अनुसार भारतबाट नेपाल आँउदा निजहरुबाट नेपाली रुपैयाँ ३८ लाख ९३ हजार १ सय समेत बरामद भएको निजहरुको मोबाइलबाट देखिएको र निजहरुले स्वीकार गरेको भारतबाट नेपाल ल्याई बैंकमा दाखिला गरेको रकम १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैयाँ समेत निजहरुले नेपाली रुपैया १६ करोड ६५ लाख ६९ हजार ५ सय ६६ रुपैयाँ भारतबाट ल्याई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७ को उपदफा (१) बमोजिम कसुर गरेको विभागले जानकारी गराएको हो।

सो अनुसार बिगो १६ करोड ६५ लाख ६९ हजार ५ सय ६६ रुपैयाँको तीन गुणाले हुने जनही जरिवाना तथा ऐ ऐनको दफा १७ को उपदफा (ढ) बमोजिम हदैसम्मको कैद सजाय मागदाबी गरिएको हो। प्रतिवादीहरुको मोवाइलहरुबाट निकालिएको तथ्याङ्क अनुसार भारतबाट अवैध भन्सार छली चोरी पैठारी गरी मालवस्तु नेपाल प्रवेश गराइ सोबाट संकलित नेपाली रुपैयाँ विदेशबाट नेपालमा रकम पठाएका व्यक्तिहरुको बैंक खातामा जम्मा गरेको देखिन आएको राजस्व चुहावट समेत गरेको १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैयाँको कारोबार समेत भएको देखिएको र निजहरुले स्वीकार गरेको छ।

निजहरुको साथबाट बरामद भएको ३८ लाख ९३ हजार १ सय र भन्सार महसुल राजस्व नतिरी नेपाल प्रवेश भएको भारतीय मोटरसाइकलको मूल्य २ लाख ५० हजार समेत गरी बिगो १६ करोड ६६ लाख ५५ हजार ४ सय १३ रुपैयाँको भन्सार छली चोरी पैठारी गरी सोबापत नेपाली रुपैया संकलन गरी विविध प्रक्रियाबाट नेपाल आउने विदेशी मुद्रा बराबरको रकम विभिन्न व्यक्तिहरुको खाताहरुमा जम्मा गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिमको कसुर समेत गरी राजस्व चुहावट गरेको पुष्टि हुन आएको विभागले जनाएको छ।

उक्त ऐनबमोजिम बरामद भएको ३८ लाख ९३ हजार १ सय रुपैयाँ जफत गरी कारोबार गरिसकेको १६ करोड २५ लाख १२ हजार ३ सय १३ रुपैयाँ समेत निजहरुबाट असुलउपर गराई कानुनबमोजिम जनही बिगो १६ करोड ६६ लाख ५५ हजार ४ सय १३ रुपैयाँ तथा हदैसम्मको कैद सजाय समेतको मागदाबी लिई जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .