ad ad

समाज


गेसाेकाे राष्ट्रिय कार्यक्रममा सरकारका प्रतिनिधिलाई नबाेलाइने

गेसाेकाे राष्ट्रिय कार्यक्रममा सरकारका प्रतिनिधिलाई नबाेलाइने

नेपालखबर
कात्तिक १७, २०७६ आइतबार १२:१४,

यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो। गोष्ठीको पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्। गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराईने गेसोले जनाएको छ।

सरकारले व्रिटिस सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहेका पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले जानकारी दिए। तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ।

गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिस सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिस सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .