ad ad

कारोबार


दुईपांग्रे एसेम्बलिङ उद्योगलाई तोकियो शर्तः पहिलो वर्ष ५० जनालाई रोजगारी, १० प्रतिशत मूल्यअभिवृद्धि

दुईपांग्रे एसेम्बलिङ उद्योगलाई तोकियो शर्तः पहिलो वर्ष ५० जनालाई रोजगारी, १० प्रतिशत मूल्यअभिवृद्धि

भारतकाे कर्णाटकमा रहेकाे हाेन्डा माेटरसाइकल्सकाे एसेम्बली लाइन।


नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १३:३८, काठमाडौँ

उद्योग विभागले नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि उद्योग खोल्न आवश्यक शर्त निर्धारण गरेको छ। 

यसअनुसार विभागले चार प्रावधान राखेको हो। यसमा त्यस्ता उद्योगले पहिलो वर्ष कम्तीमा १० प्रतिशत आन्तरिक मूल्यअभिवृद्धि गर्नुपर्नेछ भने पाँचौँ वर्षको अन्त्यसम्म कम्तीमा ३० प्रतिशत मूल्यअभिवृद्धि गर्नुपर्नेछ। 

त्यस्तै यस्ता उद्योगले पहिलो वर्ष कम्तीमा ५० जना प्रत्यक्ष कामदार राखेर रोजगारी सिर्जना गर्नुपर्नेछ। त्यस्तै पाँचौँ वर्षसम्म यस्तो संख्या कम्तीमा २ सय पुर्याउनुपर्नेछ। 

यस्ता उद्योगले स्वदेशकै वस्तुको समेत खपत गर्नुपर्ने शर्त राखिएको छ। 

यसबारे विभागले भनेको छ, ‘पाँच वर्षभित्र कम्तीमा १० प्रतिशत स्वदेशी वस्तु हुनुपर्नेछ।’ 

त्यस्तै चौथो शर्तचाहिँ उद्योगले त्यस क्षेत्रमा पार्ने प्रभाव र त्यसमा गरिनुपर्ने समन्वयबारे उल्लेख छ। 

यसअनुसार यस्ता उद्योगका लागि हुने वातावरणीय र सुरक्षाको परीक्षण भने सरकारी संस्थाहरु वातावरण विभाग, यातायात व्यवस्था विभाग र उद्योग विभागले बनाएको संयुक्त समितिले गर्नेछ। 

विभागले कम्प्लिटली नक्ट डाउन अर्थात् सीकेडीको नीतिअनुसार मापदण्ड तोकेको हो। सीकेडी पार्टपुर्जा आयात गरेर नेपालमा एउटा पूर्ण सवारीसाधन तयार गरिनुपर्ने विभागले जनाएको छ। 

उद्याेग विभागले ताेकेका शर्त। स्राेत : उद्याेग विभाग

पछिल्लो समय सरकारले नेपालमै सवारीसाधन एसेम्बल गर्नुपर्ने भन्दै बजेटमै उल्लेख गर्दै आएको छ। मोटरसाइकलको एसेम्बल गर्ने उद्योगलाई सरकारले यसअघि २५ प्रतिशत अन्तःशुल्क छुट दिँदै आएकोमा त्यसलाई बढाएर ५० प्रतिशत पुर्याएको छ। 

सरकारले नै मोटरसाइकल एसेम्बल गर्ने उद्योगलाई नीतिगत सहजीकरण गर्ने भएपछि विभाग अघि सरेको हो। 

यसअघि ०७७ असोजमा उद्योग विभागका महानिर्देशकको नेतृत्वमा कार्यदल नै गठन गरी एसेम्बलिङ उद्योग सञ्चालनको सम्भावना र त्यस्ता उद्योग प्रवर्द्धन गर्न आवश्यक नीति तथा कानुन र कार्यक्रमका सम्बन्धमा अध्ययन भएको थियो। 

सरकारले पनि एसेम्बल उद्योगलाई छुटलगायतका सुविधा दिने भएपछि अटो व्यवसायी पनि उत्साहित भएका थिए। अहिले झन् अन्तःशुल्क छुट सुविधा बढाएको अवस्थामा नेपालमै दुईपांग्रे एसेम्बलिङ उद्योगहरु खुल्ने क्रम बढ्न सक्ने अपेक्षा गरिएको छ। 

अहिले बजाज र टीभीएसले नेपालमै मोटरसाइकल एसेम्बल गर्दै आएका छन्। उद्योग विभागमा हाल यी दुईसहित २५ वटा एसेम्बलिङ कम्पनी नै दर्ता भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .