ad ad

कारोबार


नेपालको वस्तु निर्यात १४ प्रतिशतले बढ्यो

नेपालको वस्तु निर्यात १४ प्रतिशतले बढ्यो

नेपालखबर
कात्तिक १५, २०७६ शुक्रबार १३:३१,

नेपालबाट वस्तु निर्यात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात १० दशमलव ३४ प्रतिशतले घट्दा निर्यात भने १४ लशमलव ४१ प्रतिशतले बढेको हो।

गत आर्थिक बर्षको यस अवधिमा नेपालले ३९ अर्बले कम आयात गरेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। गत आर्थिक बर्षमा ३ खर्ब ७३ अर्ब ५८ करोडको आयात हुँदा यस वर्षमा ३ खर्ब ३४ अर्ब ९४ करोडको आयात भएको छ।

यस्तै गत वर्षको प्रथम त्रैमासिकमा २३ अर्ब ७४ करोडको वस्तु निर्यात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा २७ अर्ब १६ करोडको वस्तु निर्यात भएको छ। निर्यातमा भएको वृद्धि र आयातमा आएको कमीले व्यापार घाटा पनि घटेको छ।

त्यस्तै आयात निर्यात अनुपात र कुल वैदेशिक व्यापारमा निर्यातको हिस्समा समेत सुधार भएको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा ३ अर्ब ४९ अर्ब ४ करोड ब्यापार घाटा रहेकोमा चालू आर्थिक वर्षको प्रथम त्रैमासमा व्यापार घाटा १२ दशमलव ०२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७ करोडमा सीमित भएको छ ।

आयात र निर्यात दुवैमा भएको सुधारको कारण आयात निर्यात अनुपातमा पनि सुधार भएको छ । गत वर्ष निर्यातको तुलनमा १५ दशमलव ७ गुणाले बढी रहेको आयात यस वर्ष घटेर १२ दशमलव ३ गुणा कायम भएको छ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गत वर्षको ६ प्रतिशतको तुलनामा बढेर चालु आर्थिक वर्षमा ७ दशमलव ५ प्रतिशत पुगेको भन्सार विभागको तथ्याङ्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .