जिनर टेक्नोलोजिज प्रालि र प्रो माइन्ड्स होल्डिङ्सको संयुक्त सझेदारीमा ‘डिजीफ्याक्ट्री’ सञ्चालनमा आएको छ।
सामान्यतया नेपालमा उत्पादन व्यवसाय÷उद्योगभन्दा ठूलो आवाज आउने, खिया लागेजस्तो र कष्टकर मानव श्रममा आधारित उत्पादन विधिको झल्को आउँछ।
तर गत साता (यही असोज १८ गते) ललितपुरको सानोखोकानास्थित एक उद्योगभित्र कम्प्युटरको माध्यमबाट स्वचालित आधुनिक प्रकारका उत्पादनसम्बन्धी उपकरणहरूको अवलोकन भइरहेको थियो।
जिनर टेक्नोलोजिजका संस्थापक तथा डिजी फ्याक्ट्रीका प्राविधिक सल्लाहकार इन्जिनियर रामचन्द्र थापाका अनुसार डिजी फ्याक्ट्रीभित्र जडान गरिएका आधुनिक थ्रिडी प्रिन्टर्सले कम्प्युटरमा भएको थ्रिडी डिजाइनबाट प्लास्टिक, रबर तथा रेजिनसम्बन्धी वस्तुहरू दुरूस्तै उत्पादन गर्न सक्छ।
थ्रिडी स्क्यानरको प्रयोगबाट अत्यन्तै कठिन आकार र बनावटका इन्जिनियरिङ, स्वास्थ्य तथा मुर्तिकलासम्बन्धी वस्तुहरुको डिजिटल डिजाइन निकाल्न र यसपश्चात् थ्रिडी प्रिन्टसबाट सहजै उत्पादन समेत गर्न सकिन्छ।
लेजर कटर लेजर विकिरणको विधिबाट अक्राइलिक, एमडीएफ काठ, छाला, रेक्जिन तथा पातला प्लास्टिक सिटमा डिजाइनअनुसारको बुट्टा अथवा पूर्णकटिङ्ग गरी कला, विज्ञापन तथा अन्य वस्तुहरु समेतको उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
फ्याक्ट्रीमा रहेको सीएनसी प्लाज्मा कटरले तातो हावा र बिजुलीको झिल्काको मिश्रणबाट विद्युत प्रवाह हुने जुनसुकै धातुहरुमा (फलामका पाता, आल्मुनियम, पित्तलका पातला तथा मोटा पाताहरु) कम्प्युटरमा गरिएको डिजाइनअनुरूप काट्न सकिन्छ।
यस कार्यशालाभित्र अन्य विविध औजार उपकरणहरु भ्याकुम फर्मिङ, कटर, ग्राइन्डर, वेल्डिङ्ग आदि रहेका छन्।
विगतमा यी प्रविधिको प्रयोगबाट यस कम्पनीले कोभिड–१९ रोकथामका निम्ति पीपीई, फेस शिल्ड, गगल्स चस्मा, फ्रन्ट डेस्क शिल्ड तथा सेनिटाइजर डिस्पेनसरहरु उत्पादन गरी आवश्यकता अनुरुप वितरण गरिसकेको छ।
इन्जिनियर थापाले आगामी दिनहरुमा केवल व्यावसायिक प्रयोजनका लागि मात्र नभई सामाजिक उत्तरदायित्वमार्फत अपाङ्गमैत्री प्रविधिको विकाश गर्न यहाँको सिप तथा स्रोत साधन प्रयोगमा ल्याउने उद्देश्य रहेको बताए।
उनले भने, ‘नेपालजस्तो मूलुकमा औद्योगिक परिवर्तन ल्याउन यस्ता प्रविधिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्।’
इन्जिनियर थापाले इच्छुक उद्योग व्यवसाय, युवा सञ्जाल तथा अनुसन्धानमा लागेका अन्वेषकहरुलाई उचित प्रयोगका निम्ति कार्यशालाको भ्रमण गरी सहकार्यमा जुट्न आग्रह समेत गरे ।
यस समूहले सन् २०१८ मा यूएनडीपी नेपालको विश्व वातावरण कोष, साना अनुदान कार्यक्रममार्फत केही सुरुवाती सहयोग र सन् २०२०÷२१ म यूके एडअन्तर्गतको विश्वव्यापी कोभिड एक्सन अवार्ड समेत प्राप्त गर्न सफल भएको थियो।
Shares
प्रतिक्रिया