अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहितका विदेशी मुद्राको भाउ फेरि बढेको छ।
लामो समय स्थिर रहेका यी मुद्राहरु आज १ रुपैयाँले महंगो भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ६७ पैसा र बिक्री दर १२० रुपैयाँ २७ पैसा पुगेको छ।
त्यस्तै युरो १ को खरिद दर १३८ रुपैयाँ ८ पैसा र बिक्री दर १३८ रुपैयाँ ७७ पैसा पुगेको छ भने पाउन्ड पनि १ को खरिद दर १६२ रुपैयाँ ४० पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा पुगेको छ।
हेर्नुहोस् २० मुद्राको दररेट
45
Shares
प्रतिक्रिया