ad ad

कारोबार


मारुती सुजुकीको बिक्री ५० प्रतिशतले बढ्दा टाटाको बिक्री ९२ प्रतिशतले बढ्यो

मारुती सुजुकीको बिक्री ५० प्रतिशतले बढ्दा टाटाको बिक्री ९२ प्रतिशतले बढ्यो

नेपालखबर
साउन १८, २०७८ सोमबार १३:२, काठमाडौँ

मारुती सुजुकी इन्डियाले जुलाई महिनामा एक लाख ६२ हजार चार सय ६२ वटा गाडी बिक्री गरेको छ । एकै महिनामा कम्पनीको बिक्री ५० प्रतिशतले बढेको हो । 

अघिल्लो वर्षको उही महिनामा कम्पनीले एक लाख आठ हजार ६४ वटा मात्रै सवारीसाधन बेचेको थियो । 

भारतमा मात्रै कम्पनीको बिक्री ३९ प्रतिशतले बढेर एक लाख ४१ हजार दुई सय ३८ वटा पुगेको छ । गत वर्ष भारतमा कम्पनीले एक लाख एक हजाार तीन सय सात वटा सवारीसाधन बिक्री गरेको थियो । 

कम्पनीले मिनी कार अल्टो र वागन आर १९ हजार छ सय ८५ वटाा बिक्री गरेको छ । अघिल्लो वर्ष अर्थात् २०२० मा यस्तो बिक्री १७ हजार दुई सय ५८ वटा रहेको थियो । 

कम्प्याक्ट सेग्मेन्टमा स्विफ्ट, सेलेरियो, इग्निस, बलेनो र डिजायसको बिक्री जुलाई महिनामा ७० हजार दुई सय ६८ वटा भएको छ । अघिल्लो वर्ष यस्तो बिक्री ५१ हजाार पाँच सय २९ वटा मात्रै रहेको थियो । 

कम्पनीले यो महिनामा मध्यम आकारका सेडान सियाज एक हजार चार सय ५० वटा बिक्री गरेको थियो । अघिल्लो वर्ष उसले एक हजार तीन सय तीनवटा मात्रै बेचेको थियो । 

कम्पनीको युटिलिटी सवारीसाधन भिटारा ब्रेजा, एस क्रस र आर्टिगाको बिक्री ३२ हजार दुई सय ७२ वटा रहेको छ । अघिल्लो वर्ष यस्तो बिक्री १९ हजार एक सय ७७ वटा मात्रै रहेको थियो । जुलाईमा कम्पनीले २१ हजार दुई सय २४ एकाइ बाहिर निर्यात गरेको छ । अघिल्लो वर्ष केवल छ हजार सात सय ५७ वटा मात्रै निर्यात गरेको थियो । 

टाटाको बिक्री ९२ प्रतिशतले बढ्यो 
यता अर्को कम्पनी टाटा मोटर्सले जुलाई महिनामा भारतमा मात्रै ५१ हजार नौ सय ८१ युनिट बिक्री गरेको छ । यो भनेको ९२ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको उही महिनामा २७ हजार २४ वटा मात्रै बिक्री गरेको थियो । 

टाटा मोटर्सको भारतीय बजारमा पेसेन्जर भेहिकल बिक्री ३० हजार एक सय ८५ युनिट पुगेको छ । एक वर्षअघि यस्तो बिक्री केवल १२ हजार १२ युनिट थियो । यो भनेको ८१ प्रतिशत बढी हो । 

एमजीको बिक्री दुई गुणा बढी, टोयोटाको १३ हजार युनिट 
यसैबीच, जुलाई महिनामा एमजी मोटर इन्डियाको खुद्रा बिक्री दुई गुणाले बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उसले चार हजार दुई सय २५ वटा कार बिक्री गरेको हो । 

अघिल्लो वर्ष उसको बिक्री केवल दुई हजार एक सय पाँचवटा रहेको थियो । एमजी मोटरको जेटएस ईभीको लागि पछिल्लो महिनामा अहिलेसम्मकै धेरै बुकिङ प्राप्त भएको थियो । 

जुलाईमा कम्पनीले जेटएस ईभीको छ सयभन्दा धेरै युनिट बुक भएको जनाएको छ । यता टोयोटा किर्लोस्कर मोटर (टीकेएम) को जुलाई महिनामा भारतमा १३ हजार एक सय पाँच युनिट बिक्री भएको छ । 

इनोवा क्रिस्टा र फच्र्युनरजस्ता गाडी उत्पादन गर्ने यस कम्पनीले पछिल्लो वर्ष पाँच हजार तीन सय ८६ वटा मात्रै गाडी बिक्री गरेको थियो । 

हुन्डाईको ४६ प्रतिशतले बढ्यो 
यता हुन्डाईको बिक्री जुलाई महिनामा ४६ प्रतिशतले बढेर ६० हजार दुई सय ४९ युनिट रहेको छ । कम्पनीले पछिल्लो वर्ष यही महिनामा ४१ हजार तीन सय मात्र युनिट बिक्री गरेको थियो । 

हुन्डाईको भारतीय बजारमा बिक्री ४६ प्रतिशतले बढेर ४८ हजार ४२ युनिट रहेको छ । यस्तो बिक्री एक वर्ष अगाडि ३८ हजार दुई सयवटा युनिट थियो ।

कम्पनीको निर्यात समेत बढेर १२ हजार दुई सय सात युनिट पुगेको छ । अघिल्लो वर्ष कम्पनीले तीन हजार एक सयवटा मात्रै निर्यात गरेको थियो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .