प्रहरीले बालिकामाथि बलात्कार र यौन दुर्व्यवहार गरिको अभियोगमा बसका सहचालकलाई पक्राउ गरेको छ।
काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा बा४ंख ८३ नम्बरको बसका सहचालकलाई पक्राउ गरेको हो।
भोजपुर हचुवागढी गाउँपालिका ३ घर भई हाल मनमैंजुस्थित शुभकामना चोकमा बस्दै आएका ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।
शुभकामना चोकमा बालिका फेला परेको खबर पाउपछि पुगेको महानगरीय प्रहरी वृत्त बालाजुको प्रहरी टोलीले टोखाकी ११ वर्षीया बालिका फेला परेको थियो।
अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्रै जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा छाडेको खुलदेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका राईलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया