धनुषामा दाइजो माग्दै श्रीमतीलाई आगो लगाएर हत्या प्रयास गरेको आरोप लागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पीडित श्वेता झाले दिएको जाहेरीका आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका- २०, देवपुरा रुपैठा निवासी उनका श्रीमान् राजीव झालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय (धनुषा) का प्रहरी उपरीक्षक विश्वराज खड्काले पीडितले घरेलु हिंसा मुद्दामा उजुरी दिएको जानकारी दिए।
बिहेका बेला दाइजोबापत माइतीले दिने भनेको सुन नदिएको भन्दै नयाँ वर्षका दिन आफूलाई पतिसहित उनको परिवारै मिलेर आफूलाई आगो लगाएर मार्न खोजेको श्वेतालाई बताएकी छन्।
अहिले श्वेता जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी छन्।
विवाहको १० वर्ष भइसक्दा पनि ससुरालीले दिन्छु भनेको ३ तोला सुन नदिएको भन्दै आफूलाई श्रीमान्ले पहिलेदेखि यातना दिइरहेको आरोप श्वेताको छ।
यसै क्रममा नयाँ वर्षका दिन छोरालाई पतिले पिट्न थालेपछि रोक्न खोज्दा श्रीमान्, ससुरा, देवरसमेत परिवारका सदस्य मिलेर आफ्नाे शरीमा आगो लगाएको श्वेताको भनाइ छ।
Shares
प्रतिक्रिया