ad ad

अपराध


चोरीको लतले वृद्धाको हत्या

चोरीको लतले वृद्धाको हत्या

नेपालखबर
असोज ४, २०७९ मंगलबार १८:४६, काठमाडौँ

६४ वर्षीया वृद्धाको हत्या गर्ने १८ वर्षीय किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। 

सुनसरीको धरान २० मा भदौ २९ गते ६४ वर्षीया पूर्णसरी राईको हत्या गर्ने १८ वर्षीय नकुल राईलाई प्रहरीले आज (मंगलवार) सार्वजनिक गरेको हो।

उनले हत्या गरेको स्वीकारेसँगै चोरी र लुटपातको क्रममा वृद्धाको हत्या भएको खुलेको प्रहरीले बताएको छ।

सानो छँदा कुखुरा चोर्ने लत लागेका किशोरले सिक्री चोर्ने निहुँमा वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ।

घरमा पूर्णसरी मृत भेटिएसँगै अनुसन्धान थालेको प्रहरीले दुई दिनअघि मोरङबाट नकुललाई पक्राउ गरेको थियो।

हत्याको घटनामा चोरी तथा लुटपाट प्रमुख कारण रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए।

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हत्यामा संलग्न धनकुटा घर भएका राई र सिक्री लुकाउन सघाउने भोक्राहा नरसिंहका २० वर्षीय युवक रञ्जित कुमार साहलाई समेत सार्वजनिक गरिएकाे थियाे।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नकुलले एक हप्ता अघिबाटै चोरीको योजना बनाएका थिए।

सोही अनुसार गहना लुट्ने क्रममा वृद्धाउपर खुकुरी प्रहार गरी गहना लुटेर फरार थिए। उनी लागुऔषध सेवनकर्तासमेत रहेको पाइएको प्रहरीले जनाएको छ।  

सुनसरी प्रहरले पक्राउ परेका दुवै उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ।   
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .