ad ad

अपराध


तीनकुनेको कल सेन्टरबाट एक चिनियाँसहित ३४ जना पक्राउ

तीनकुनेको कल सेन्टरबाट एक चिनियाँसहित ३४ जना पक्राउ

फाइल फोटाे


नेपालखबर
साउन ९, २०७९ सोमबार १८:१, काठमाडौँ

काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट एक चिनियाँ नागरिकसहित ३४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कल सेन्टरमा काम गर्ने अधिकांश नेपाली युवा युवती हुन्। 

चिनियाँ नागरिकले लगानी गरेको कल सेन्टरबाट अवैध काम भइरहेको सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा मारेको हो। 

बरामद भएका सामानको अहिले मुचुल्का तयार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले बताए। 

‘एक जना चिनियाँ अरु नेपाली रहेको सूचना आएको छ। भेरिफाइड गर्ने र बरामद सामानको मुचुल्का गर्ने काम भइरहेको छ’, एसएसपी बोहोराले भने। 

त्यहाँ रहेका सम्पूर्ण कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बताए।​

कलवाइपास लगायत अनलाइन ठगी भएको हुन सक्ने प्रहरीकाे अनुमान छ।

यसअघि पनि कल सेन्टरबाट गैर कानुनी गतिविधि सञ्चालन गरेको आरोपमा उपत्यका र अन्य जिल्लाबाट पनि प्रहरीले कल सेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो। 

चिनियाँ नागरिकले नेपालीका नाममा लगानी गरेर यस्तो गैर कानुनी गतिविधि गरेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .