खातामा पैसा नहुँदा नहुँदै पनि चेक काटेर दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
खातामा पैसा नभए पनि चेक दिएर झुक्याएको अभियोगमा दोषी ठहर भएका महोत्तरीको लोहरपटी-७ घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका-१ बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङको बेत्रावती-५ घर भइ तारकेश्वर-१० मनमैजू बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ छन्।
उनीहरुलाई उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएको थियो।
त्यसपछि फरार रहेका उनीहरुलाई वेरुजु सजाय भुक्तानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार बालुवाटारबाट पक्राउ गरेको हो।
उनीहरु दुवैजनालाई फैसला कार्यान्वयनका ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका उपनिर्देशक श्यामकुमार महतोले बताए।
561
Shares
प्रतिक्रिया