महिन्द्रा केयुभी १०० एनएसटी बीएस ६ मोडल भारतमा सार्वजनिक भएको छ।
भारतमा यसको मूल्य ५ लाख ५४ हजार भारतीय रुपैयाँदेखि ७ लाख १५ हजारसम्म रहेको उल्लेख गरेको छ।
३ सिलिन्डर पेट्रोल इन्जिनसहित ५५०० आरपीएममा ८२ बीपीएच उत्पादन गर्छ। त्यस्तै ३५०० आरपीएममा ११५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। ५ स्पिड म्यानुअल गियरबक्स इन्जिनसहित रहेको छ।
बीएस ६मा डिजाइन र स्टाइलमा कुनै परिवर्तन गरिएको छैन। ७ इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, रियर पार्किङ क्यामेरा, ब्लुसेन्स एप, कि लेस इन्टी« सहित सेफ्टी फिचर्समा डिअल एयरब्याग, रियर पार्किङ सेन्सर, स्पिड एलर्ट रहेका छन्।
गाडीमा स्पिड सेन्सीङ डर लक, अटोमेटिक हाजर्ड वार्निङ ल्याम्प, पेनिअ ब्रेकिङ, एन्टी थेफ्ट अलार्मलगायत रहेका छन्।
3
Shares
प्रतिक्रिया