मोरिस ग्यारेजेस (एमजी) इन्डियाले बीएस ६ मापदण्डको एसयुभी एमजी हेक्टरको लञ्च गरेको छ। डिजेल भेरिएन्टको हेक्टर एसयूभी कम्पनीले सार्वजनिक गरेको हो।
उक्त गाडीको मूल्य बीएस ४ भन्दा ४४ हजार भारभीय रुपैयाँ बढी रहेको छ। बीएस ६ हेक्टरको मूल्य १३ लाख ८८ हजारदेखि १७ लाख ७२ हजार भारुसम्म छ।
एमजी मोटर्सले पेट्रोल भेरिएन्टको हेक्टर गत फेब्रुअरीमै लञ्च गरेको थियो।
डिजेल भेरियन्टको हेक्टर फिएट–स्रोतबाट २.० लिटर मल्टिजेट तेल बर्नरद्वारा सञ्चालित छ। उक्त गाडीले १६८ बीपीएच र पिक टर्क ३५० एनएम पावर जेनेरेट गर्छ । ६ स्पिड म्यानुवल गियरबक्स इन्जिनको मानक रहेको छ ।
१०.४ इन्च टचस्क्रिन जडान सहित आईस्मार्ट कनेक्टेड कार सिस्टमले ५० भन्दा बढी फिचर प्रयोग गर्न सकिन्छ । जसमा जिओफेन्सीङ, भेहिकल थेप्ट ट्राकिङ, रिमोट भेहिकल कन्ट्रल, एसी अन/अफलगायत रहेका छन् ।
प्रतिक्रिया